समाचार

जिल्ला प्रशासन कार्यालय पर्वतमा विहान साढे सात बजेदेखिनै सेवा संचालन

पर्वत – राष्ट्रिय परिचयपत्र बनाउने विवरण दर्तामा सेवाग्राहीहरूको भीड निकै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानमा पनि कार्यालय खुलाएर सेवा दिन सुरु गरेको छ। दिउँसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय...

संघ संस्था ऐनको मस्यौदा सच्याउन जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षण पत्र

पर्वत- गृहमन्त्रालयले हालै ल्याएको संघ संस्था ऐनको मस्यौदा सच्याउन , जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय ध्यानाकर्षण पत्र पेश गरिएको छ । गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संञ्जाल को नेतृत्वमा गृह मन्त्रालय...

गृह मन्त्रालयले जारी गर्न लागेको संघसंस्था ऐनको मस्यौदा पर्वतमा जलाईयो

पर्वत- गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज संजाल पर्वतको आयोजनामा कुश्मा लोकतान्त्रिक चोकमा नेपाल सरकार गृह मन्त्रालय द्वारा संघ संस्था ऐनको मस्यौदा २०८२ ल्याएकोमा सो मस्यौदा संघसंस्था मैत्री नरहेको भन्दै...

पर्वतका स्थानीय तहमा रातो किताब प्रकाशनमा ढिलाई

पर्वत १३ भदौ : पर्वत जिल्लाका स्थानीय तहले रातो किताब प्रकाशन गर्न आनाकानी गर्दै आएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, वि.सं. २०७४ को दफा ७१ मा कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभा समक्ष...

पर्वतका सफल युवा उद्यमी तथा निर्माण व्यावसायी हमाल सम्मानित 

पर्वत– पर्वतका सफल युवा उद्यमी तथा निर्माण व्यावसायी बिप्लब हमाल सम्मानित हुनुभएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा नं. १ पाङमा आयोजित खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको...

आज तीजको दर खाने दिन

पर्वत– नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो...

फलेवासमा बृहद तीज मेला- आज तीज गीत प्रतियोगिता र चर्चित कलाकारको घम्साघम्सी  

पर्वत –पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा बृहद दोस्रो तीज मेला २०८२ हिजोदेखि शुरु भएको छ । नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संचालित मेलामा तीज गीत प्रतियोगिता,...

पर्वतमा अबैध रुपमा भैरहेको गिटी,बालुवा चोरी निकासी रोक्न जनप्रतिनिधिको माग 

पर्वत ६ भदौ : मापदण्ड विपरित वर्षायाममा पनि कालीगण्डकी नदिबाट नदीजन्य पदार्थको अबैध उत्खनन् र चोरी रोक्न पर्वतका जनप्रतिनिधिले माग गरेका छन् । कालीगण्डकी नदि किनारका विभिन्न घाटवाट दैनिकजसो भैरहको बालुवा, गिटी, ढुंगाको चोरी निकासी...

पर्वतमा एक लाख राशिको सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

पर्वत– युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजको आयोजनामा सेभेन ए साईड फुटबल प्रतियोगिता बिहीवारदेखि कुश्मामा शुरु भएको छ । आजदेखि तीन दिन सम्म संचालन हुने प्रतियोगिताको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन...

कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गौतम

पर्वत– पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा घनश्याम गौतमले बुधवारदेखि कार्यभार सम्हाल्नुभएको छ । बागलुङको गलकोट नगरपालिकावाट सरुवा भई आउनुभएका गौतमलाई बुधवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, जनप्रतिनिधिहरु र नगरका कर्मचारीहरुले स्वागत...