समाचार

पर्वतमा बिबिध कार्यक्रम गरी संविधान दिवस मनाईयो 

पर्वत– संविधान दिवसको अवसरमा पर्वतमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला मुल समारोह समितिको आयोजनामा पर्वत अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख तथा मुल संयोजक विष्णुराम विकको...

आज संविधान दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय...

महाशिला गाउँपालिकामा लगाइएको ताला खुल्यो, आजदेखि नियमित सेवा प्रवाह हुने

पर्वत – महाशिला गाउँपालिकाको कार्यालयमा जेनजी महाशिलाले लगाएको ताला खोलीएको छ। गाउँपालिका र जेनजी समूहबीच हिजो सहमति जुटेपछि ताला खोलिएको हो। गत हप्ता विभिन्न मागहरू राख्दै जेनजी समूहले कार्यालयमा ताला लगाएको थियो। समुहले स्थानीय सरोकारका...

भोली सार्वजनिक बिदा : शोक दिवसमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ,  ३१ भदौ : राष्ट्रिय शोक दिवसमा बुधबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकको सम्मानमा...

जेनजी आन्दोलनले प्रभावित पर्वतको जनजीवन लयमा फर्किदै

पर्वत ३० भदौ : गत सोमवार र मंगलवार भएको जेनजी पुस्ताको आन्दोलनले प्रभावित बनेको पर्वतको जनजीवन विस्तारै लयमा आउन थालेको छ । जेनजी आन्दोलनपछि दैनिकजसो जारी निषेधाज्ञाका कारण पर्वतका सातवटै स्थानीय तह, संघ तथा प्रदेश...

पर्वतको फलेवास नगरपालिकाका प्रवक्ता तिवारी पक्राउ 

पर्वत, २९ भदौ : पर्वतको फलेवास नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । केही समय यता कालीगण्डकी नदीको अवैध दोहन रोक्ने अभियानमा लागेका तिवारीलाई जेनजी आन्दोलनको...

पर्वत कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ, अन्यको खोजी जारी

पर्वत – पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित...

आगजनी र तोडफोडको प्रमाण संकलन गर्दै पर्वत प्रहरी, हरेकलाई कारबाही गरिने

पर्वत- पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा भदौ २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा तोडफोड र आगजनीका घटना भएका छन्। आन्दोलनकै क्रममा सार्वजनिक सम्पत्ति तथा सर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधि भएको भन्दै जिल्ला प्रहरी...

राष्ट्र र संविधानको रक्षाका लागि पर्वतमा मौन र्‍याली

पर्वत – राष्ट्र र संविधानको रक्षा तथा शान्ति र सद्भावका लागि पर्वतको कुश्मामा मौन र्‍याली सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको अगुवाइ र विभिन्न संघसंस्थाको सहभागीतामा उक्त र्‍याली भएको हो । अहिले देशमा भइरहेको...

पर्वतका नागरिक समाज र सामाजिक संस्थाहरूको संयुक्त अपिल : राजनीतिक संकट अन्त्य गर्न र शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह

पर्वत-  पर्वतका विभिन्न नागरिक समाज र सामाजिक संस्थाहरूले हालको राजनीतिक अस्थिरता र देशभर बढ्दै गएको अशान्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति, स्थिरता र विधिको शासन कायम गर्न सबै राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्। संयुक्त...