आगजनी र तोडफोडको प्रमाण संकलन गर्दै पर्वत प्रहरी, हरेकलाई कारबाही गरिने - News site from Nepal

पर्वत- पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा भदौ २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा तोडफोड र आगजनीका घटना भएका छन्।

आन्दोलनकै क्रममा सार्वजनिक सम्पत्ति तथा सर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधि भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतले आम नागरिकसँग सहयोग गर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू जो–कोहीसँग भए, उपलब्ध गराइदिन अनुरोध गरिएको छ।फोटो र भिडियोको आधारमा पक्राउ गरी दोषीलाई कारबाही प्रकृया थालनी गरिने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले यस्तो सूचना, सामग्री वा प्रमाणहरू parbatpolice.news@gmail.com मा पठाउन वा WhatsApp/Viber नम्बर 9857615555, 9857630551, 9857624188 मा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!