पर्वतको शालिजामा नि:शूल्क आँखा शिविर, तीन सय २० जनाले सेवा लिए - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिका–६ शालिजामा शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट तीन सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग, जलजला गाउँपालिकाको समन्वय, पर्वत पुन मगर समाज हङकङको व्यवस्थापन र पर्वत मञ्च हङकङको आयोजनामा शालिजा स्वास्थ्य चौकी परिसरमा शिविर सञ्चालन भएको थियो ।

शिविरमा जलजलाको शालिजा, लेकफाँट, लेस्पार सहित म्याग्दीको नागी, राम्चे, काफलडाडा, तिप्ल्याङ लगायत ठाउँका तीन सय २० जनाको आँखा परिक्षण गरिएकोमा शल्यक्रिया गर्नुपर्ने नौ जना पहिचान भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

ग्रामिण क्षेत्रका सर्वसाधारणलाई स्थानीय स्तरमा आँखा उपचार सेवा उपलब्ध गराउने, उपचारमा पहुँच बढाउने र आँखा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा मिलन गुरुङले बताउनुभयो ।

हिमालयन आँखा अस्पताल पोखराका पाँच जना चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो । शालिजा स्वास्थ्य चौकी, जलजला गाउँपालिकाको ६ नम्बर वडा कार्यालय, हिमशिखर युवा क्लव र शालिजा माविका विद्यार्थीहरुले स्वमसेवकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!