जलजला गाउँपालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न  - News site from Nepal
जलजला गाउँपालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न 
पर्वत १ मङ्सिर : पर्वतको जलजला गाउँपालिकामा गाउँपालिका स्तरीय अन्तरमाध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पर्वत जलजला नेपाली कम्युनिटि अस्ट्रेलियाको आर्थिक सहयोगमा जलजला गाउँपालिकाको आयोजना र बनौ माध्यमिक विद्यालयको व्यवस्थापनमा बनौमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा जनकल्याण मावि नाङलीवाङ प्रथम, कृष्णभवन मावि धाईरिङ द्धितिय, विद्याज्योती मावि माझफाँट तृतिय र ग्रामप्रकाश मावि लेखफाँटले सान्त्वना स्थान हात पारेका छन् ।
प्रतियोगितामा उत्कृट हुने प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः  ३५ हजार, २५ हजार, १५ हजार र १० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पालिकाभित्र रहेका १३ वटै माध्यमिक विद्यालयहरु सहभागि भएका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजला गाउँपालिकामा आफु निर्वाचित भएदेखिनै सवैभन्दा ठुलो लगानी शिक्षा क्षेत्रमा गरेको बताउनुभयो । शैक्षिक गुणस्तर सुधार नभएसम्म दक्ष जनशक्ति उत्पादन गर्न सकिदैन भन्ने मान्यता राखेर सामुदायिक विद्यालयको गुणस्तरमा जोड दिएको उहाँले बताउनुभयो । उहाँले यो अवधिमा चार वटा विद्यालय मर्ज गर्ने, ७५ वटा कक्षा समायोजन गर्ने, सिकाई उपलव्धी परिक्षा संचालन गर्ने, तीनवटै परिक्षाका कपीहरु गाउँपालिकाबाटै परिक्षण र एकीकृत परिक्षा प्रणाली संचालन गर्ने गरिएको बताउनुभयो ।
अध्यक्ष आचार्यले कक्षा १ देखि ८ सम्म स्थानीय तहको पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गरी पठनपाठन गरिएको बताउँदै पालिकास्तरीय पाठ योजना निर्माण गर्ने, लिडर विद्यालय र फिडर विद्यालयको रुपमा विकास गरी अन्तरक्रिया, छलफल, ८५ वटा भन्दा बढि स्मार्टबोर्ड विस्तार गरी प्रविधियुक्त पढाई संचालन गरिएको बताउनुभयो । गाउँपालिकाले आन्तरिक तथा संघ र प्रदेशसँगको बजेट साझेदारीमा पनि शिक्षालाई नै जोड दिने गरीएको बताउनुभयो । उहाँले हम्पाललाई शिक्षाको हबको रुपमा विकास गर्न सौर्यमण्डल र ज्योतिष विज्ञान अध्ययन केन्द्र बनाउने तयारी गरिएको समेत जानकारी दिनुभयो ।
अध्यक्ष आचार्यले सिमीत श्रोत र साधन तथा भौगोलिक विकटताका बाबजुत पनि पालिकाले महत्वपुर्ण र नविनतम कार्यहरु अघि बढाएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकिय अधिकृत सन्दिप काफ्‌ले, वडा नं. ९ का अध्यक्ष गौबहादुर पुन, शिक्षा अधिकृत टंकनाथ पौडेल, नेपाली कम्युनिटि अस्ट्रेलिया का प्रतिनिधि नविन जिसी लगायतले बोल्नुभएको थियो । हाजिरि जवाफ प्रतियोगिताको सहजीकरण जननेत्र मावि देउपुरका शिक्षक भुमिराज शर्माले गर्नुभएको थियो । विद्यार्थीहरुकौ बौद्धिक तथा आन्तरिक क्षमता प्रस्फुटन गर्ने उद्धेश्यले प्रवासीहरुले रकम संकलन गरेर पठाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!