कुटपिट घटनाका दोषीलाई कारबाही गर्न पिडित परिवारको माग - News site from Nepal
कुटपिट घटनाका दोषीलाई कारबाही गर्न पिडित परिवारको माग
पर्वत २८ कात्तिक : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ बञ्जिसाईडमा गत कात्तिक २३ गते राती भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्न पिडित परिवारले माग गरेका छन् ।
सोमवार राती भएको कुटपिट घटनामा परी महाशिला गाउँपालिका वडा नं. ४ घर भई हाल कुश्मा नगरपालिका वडा नं. ६ बस्ने १७ बर्षिय सज्जल प्रताप सेन र साङ्गे गुरुङ घाईते भएका छन् ।
घाईते सेनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ भने गुरुङको मनिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ । सेनको टाउकोमा गम्भिर चोट लागेको छ भने गुरुङ्गको नाकमा चोट लाागेको बताईएको छ ।
पिडित सज्जल प्रताप सेनका बाबु अमर बहादुर सेनले विना कारण आफ्‌ना छोराहरुलाई कुटपिट गरी घाईते बनाउने दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको हो ।
सेनले घटनाको भोलीपल्टै जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएको भएपनि प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ नगरेको गुनासो गर्नुभएको छ । कुटपिटमा संलग्न ६ जना लाई कारबाहीको माग गरेको उहाँले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक बिजय यादबले पुरानो रिसिईवीका कारण कुटपिट भएको भन्दै पिडित परिवारवाट उजुरी दर्ता भएको जानकारी दिनुभयो । उहाँले उजुरी दर्ता पछि अनुसन्धान प्रकृया अघि बढिरहेको र दोषीहरुको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।
किटानी जाहेरीमा उल्लेख गरिएका नामहरु सार्वजनिक गर्न नमिल्ने प्रहरी प्रमुख यादबको भनाई रहेको छ । अनुसन्धान प्रकृयामा असर गर्ने भएकाले उनिहरुको नाम उल्लेख गर्न मिल्दैन अहिले हामीले खोजी कार्यलाई तीब्रता दिएका छौ, पक्राउ परेपछि नाम सार्वजनिक गर्नेछौ । प्रहरीले आफ्‌नो जिम्मेबारीको काम निरन्तर गरिरहेको उहाँको भनाई रहेको छ ।
पिडित परिवारले शुक्रवार जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघमा समेत पुगी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!