मोटरसाईकल दुर्घटनामा पर्वतको चुवाका एक युवाको मृत्यु, एक घाईते - News site from Nepal

पर्वत- मंगलवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परि पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाका एक युवाको ज्यान गएको छ भने अर्का युवा घाईते भएका छन् ।
पर्वतवाट पोखरा जाँदै गरेको ग १८ प ४८१४ नं. को मोटरसाइकल पोखरा सराङकोट सडक खण्ड स्थित गुम्बा नजिकै दुर्घटना हुँदा पर्वत कुस्मा -८ चुवाका ३२ वर्षीय माधव गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका माधवलाई उपचारको लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरीक कार्यालयले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार चुवाका ३२ वर्षीय गोविन्द गिरीको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ ।गोविन्दको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।
युवा संघ पर्वतका नेता समेत रहेका गिरीको निधनले सिंगो पर्वत शोकमग्न बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!