पर्वत– गत कात्तिक २३ गते राती पर्वत सदरमुकाम कुश्मामा भएको कुटपिट घटनाको निष्पक्ष छानविपन गर्न दिपक पुनको परिवारले माग गरेको छ ।
दुई समुहबीचको कुटपिट घटनामा परी सजल सेन ठकुरी, साङ्गे गुरुङ, युनिक गुरुङ लगायतका युवाहरु घाईते भएका थिए । भने प्रहरीले कुटपिटमा संलग्न तीन जना नाबालक लाई पक्राउ गरिसकेको छ भने दिपक पुन लगायत अझै चार जना फरार रहेको र खोजी भैरहेको जनाएको छ ।
दिपक पुनको परिवारले बिहीवार पत्रकार महासंघ पर्वतलाई ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष छानविन गरी समस्याको समाधानमा पहल गरिदिन माग गरेको हो । घटनापछि फरार रहेका दिपक पुनका दाजु कृष्ण पुन र विष्णु पुनले आफ्नो भाईको अवस्था अज्ञात रहेको बताउँदै पिडित भनिएका परिवार भन्दा पनि अन्य स्वार्थ समुहको उक्साहटमा फसाउन खोजीएको बताएका छन् ।
राज्यले करोडौ लगानी गरेर निर्माण गरेको बसपार्क संचालनको जिम्मा लिएकै कारण दिपक पुन र सिङ्गो परिवारलाई अनावश्यक लान्छाना लगाउने, बसपार्क संचालनमा अवरोध सिर्जना गर्ने र त्यसकै आधारमा स्टार गु्रपका अन्य नाबालक सदस्हरुलाई आक्रमण गर्नेजस्ता काम समेत भएको उनिहको भनाई छ ।
दिपक नाबालकहरुलाई मिलाउन र सम्झाउन खोजीरहेकै बेला घाईते भएकाहरुले उल्टै आक्रमण गर्न खोजेपछि सामान्य झडप भएको स्वीकार गर्दै घाईतेले उचित न्याय पाउनुपर्ने बताउँदै सोहि घटनालाई लिएर अनावश्यक फसाउने कार्य नगर्न उनिहरुले माग गरेका छन् ।
घाईते भएका युवाहरुले उचित उपचार र न्याय पाउनुपर्छ, उनिहरुपनि हाम्र्रै भाईछोरा हुन् तर बसपार्क संचालनको जिम्मा लिएकै आधारमा अपराधि करार गर्नेगरी असम्वन्धित व्यक्तहरुबाट भैरहेको चलखेलप्रति सचेत हुन समेत कृष्ण पुनले माग गर्नुभएको छ । कानून भन्दा माथि कोहि नरहेकोले प्रहरी प्रशासन र न्यायलयलाई आवश्यक सहयोग गरिने बताउँदै यो घटनासँग जोडिएर भएको अन्य क्रियाकलाप र राज्य विरुद्धका घटनामा संलग्नहरुलाई समेत कारबाही गर्न उनिहरुले माग गरेका छन् ।
बञ्जि साईडमा भएको कुटपिटको सिसीटिभी फुटेजलाई मात्र आधार नमानि यस अघि अर्को समुवाट भएका गतिविधिहरु र उनिहरुले पहिले गरेको आक्रमण, हतियार सहित देखाएको धम्कि लगायतका विषयहरुलाई समेत गम्भिर रुपले अनुसन्धान गर्न उनिहरुले माग गरेका छन् ।
यता घाईते युवाहरुका परिवारले समेत घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन जाहेरी समेत दिईसकेका छन् । घाईते मध्ये अन्यको अवस्था सामान्य रहेको छ भने सजल सेन ठकुरी अझै अस्पतालमै उपचाररत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । केहि प्रतिवादीहरुलाई पक्राउ गरिएको र केहि फरार रहेको भन्दै उनिहरुको समेत खोजीकार्य तीब्र पारिएको प्रहरी नायब उपरिक्षक बिजय यादबले बताउनुभयो ।







