पर्वतको फलेवास नगरपालिकाका प्रवक्ता तिवारी पक्राउ  - News site from Nepal
पर्वतको फलेवास नगरपालिकाका प्रवक्ता तिवारी पक्राउ 
पर्वत, २९ भदौ : पर्वतको फलेवास नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।
केही समय यता कालीगण्डकी नदीको अवैध दोहन रोक्ने अभियानमा लागेका तिवारीलाई जेनजी आन्दोलनको समयमा सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एउटा पोष्टलाई आधार बनाएर विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धामा पक्राउ गरिएको हो ।
नेपाली काँग्रेस पर्वतका सहसचिब समेत रहेका तिवारीलाई पक्राउ गर्नका लागि फलेवास वडा नं. ४ मुडिकुवाको कार्यालयमै प्रहरी पुगेपनि तिवारी आफै जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो । प्रहरीले आइतवारनै जाहेरी दर्ता गरी पक्राउ गरेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जेनजीको आन्दोलनलाई बल पुग्ने र उक्साउने गरी प्रहरी प्रमुख तथा अन्य कर्मचारीलाई समेत कारबाही गर्न आव्हान गर्दै फेसबुकमा स्टाटस लेखेपछि विद्युतीय अपराध ऐन अन्तर्गत जाहेरी दर्ता गरी पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले भोली अदालतवाट म्याद थप गरी कारबाही प्रकृया थालिने जानकारी दिनुभयो ।
वडा अध्यक्ष तिवारीले वर्खायामको तीन महिना कालीगण्डकीवाट बालुवा, गिटी उत्खनन् गर्न नपाईने भएपनि लुकिछिपि अबैध दोहन भैरहेको भन्दै दोषीलाई कारवाही गर्न पटक पटक माग गर्दै आउनुभएको थियो । उहाँले फलेवास क्षेत्रमा भैरहेको अबैध दोहनमा संलग्नलाई कारवाही गर्न माग गर्दै फलेवास नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिनुभएको थियो ।
प्रहरी, प्रशासन समेत अबैध नदी दोहनकर्तासँग मिलेमतो भएकै कारण कारबाही नभएको र चोरी निकासी नियन्त्रण हुन नसकेको भन्दै निरन्तर अभियान संचालन गर्दै आउनुभएको तिवारीलाई सामान्य फेसबुक पोष्टकै आधारमा पक्राउ गर्ने कार्य निन्दनीय भएको भन्दै विभिन्न संघ संस्थाहरुले बिरोध जनाएका छन् ।
नेपाली काँग्रेसका युवा नेता तिवारी सामाजिक सेवामा समेत सक्रिय रहँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!