पर्वतमा चाडवाड लक्षित बजार अनुगमन शुरु  - News site from Nepal
पर्वतमा चाडवाड लक्षित बजार अनुगमन शुरु 
पर्वत २३ असोज : नेपालीहरुको महान पर्व बडादशै, दिपावली, छठ लगायतका चाडपर्वको आवागमन सँगै बजारमा देखिएको अभाव, महङ्गी र कालोबजारी नियन्त्रण तथा गुणस्तर सुधार गर्नका लागि पर्वतमा बजार अनुगमन गर्न थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा एकीकृत सेवा कार्यालयले जिल्लाका विभिन्न क्षेत्रका बजार अनुगमन गर्न शुरु गरेको हो । दैनिक उपभोग्यीय सामाग्रीमा भएको मुल्य बृद्धि, होटलहरुको सरसफाई, खानामा मिसाईने विभिन्न प्रकारका अखाद्य बस्तु, व्यावसाय दर्ता नविकरण तथा म्याद गुज्रेका बस्तुहरुको विक्रिवितरणको अवस्थाबारेमा अनुगमन गर्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलका अनुसार शुक्रवार कुश्मामा विभिन्न क्षेत्रमा होटल, खाद्यान्न, किराना पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा कतिपय व्यावसायीले आफ्‌नो ब्यावसाय नविकरण नगरेको, होटल तथा मिष्ठान्न भण्डारमा सरसफाईको कमी, अखाद्य रङको मिसाबट, चाउमिन तथा मम उद्योगले लेवल तथा प्याकेजिङ नराखि बिक्रिवितरण गरेको पाईएको छ ।
पौडेलका अनुसार कतिपय होटरहरुवाट अखाद्य रङ्गका बट्टा नियन्त्रणमा लिएर नष्ट गरिएको छ भने प्याकेजिङ्ग र लेवलिङ नगरि विक्रिका लागि राखिएका चाउमिन तथा मम समेत बरामद गरेर नष्ट गरिएको छ । पसलहरुमा बिस्तारै सुधार हुँदै गएको भएपनि अझै केहि कमीकमजोरीहरु भेटिएका छन् । सरसफाईको कमी छ, एउटा व्यवावसाय दर्ता गरेर दुई वा दुईभन्दा बढि व्यापार गरेको समेत पाईएको छ । समस्या देखिएका व्यावसायीलाई तत्काल सुधार गर्न चेतावनी सहित निर्देशन अनुगमन टोलीले दिएको छ । यस्तै कतिपय उपभोग्य मिति गुज्रिएका सामानहरु जफत गरि नष्ट समेत गरिएको छ ।
जिल्ला बजार अनुगमन समितिले बार्षिक रुपमा निर्धारण गरेको बजार अुनगमन तालिका अनुसारनै नियमित अनुगमन गर्दै जाने कार्यालयले जनाएको छ । जिल्लाका सातवटै स्थानीय तहमा रहेका मुख्य बजार क्षेत्रमा पुगेर बजार अनुगमन गरिने राष्ट्रिय उपभोक्ता मन्च पर्वतका अध्यक्ष सरिता भण्डारीले जानकारी दिईन । उनका अनुसार उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड नहोस र ठगिनवाट जोगिउन भन्ने उद्धेश्यले अझै प्रभावकारी अनुगमनको खाँचो रहेको बताउनुभयो ।
गुणस्तर सुधार तथा नापतौल कार्यालय पोखराका प्राविधिक सहितको टोलीले गरेको अनुगमनमा कतिपयलाई सुझाब मात्र दिईएको र अर्कोपटकको अनुगमनमा समेत सुधार नगरेको पाईएमा उपभोक्ता ऐन बमोजम व्यावसायीलाई कारबाहीको दायरमा ल्याईन सहायक प्रजिअ पौडेलले बताउनुभयो । उहाँले अब बजार अनुगमनलाई चाडवाड सम्म निरन्तर दिईने र त्यसपछि आवश्यकता अनुसार गरिने बताउनुभयो । उपभोक्ताहरु स्वयं सचेत हुनुपर्नेमा जोड पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!