पर्वतमा बिबिध कार्यक्रम गरी संविधान दिवस मनाईयो  - News site from Nepal
पर्वतमा बिबिध कार्यक्रम गरी संविधान दिवस मनाईयो 
पर्वत– संविधान दिवसको अवसरमा पर्वतमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला मुल समारोह समितिको आयोजनामा पर्वत अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख तथा मुल संयोजक विष्णुराम विकको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालमा उपचाररत तीस जना भन्दा बढि बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, सामाजिक संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो ।
यसैगरी साँझ कुश्माबजारको शिवालय चोकमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । समारोहलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले लामो त्याग र बलिदान पछि प्राप्त संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । यो देशको मुल कानूनको रुपमा रहेको संविधानको रक्षा गर्दै अघि बढ्न सकेमा मात्र मुलुकमा विकास र परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले संविधानलाई भंग वा खारेज गर्ने नभई समयानुकुल परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र पार्टी लगायत सुरक्षा निकायका प्रमुखहरु, सामाजिक संघ संस्था, नागरिक समाज तथा पत्रकारहरुको सहभागिता थियो ।
दिवसकै अवसरमा नेकपा एमाले पर्वतको आयोजनामा संविधानका उपलब्धि र जनअपेक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अधिवक्ता चन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  प्रमुख अतिथि गिरीले संविधानको रक्षा अहिलेको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । संसद विगठन गर्नु उचित नभएको भन्दै संसदबाटै समस्याको समाधान खोज्नुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले राज्यको खरबौ सम्पत्ति नष्ट गरेर कुनैपनि आन्दोलन सफल नहुने बताउँदै जेनजी युवाहरुको शान्तिपुर्ण आन्दोलनमा भएको घुसपैठका कारण मुलुक अधोगतिमा धकेलिएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न नेताहरुले आ–आफ्‌नो भनाई राख्नुभएको थियो ।
दिवसकै अवसरमा जेनजी पर्वतले चेतनामुलक सडक नाटक समेत प्रस्तुत गरेको थियो । जिल्ला प्रशासन कार्यालय अघि भेला भएका जेनजी युवाहले समसामयिक विषयमा तयार गरिएको नाटक प्रहसन गरेका हुने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!