गृह मन्त्रालयले जारी गर्न लागेको संघसंस्था ऐनको मस्यौदा पर्वतमा जलाईयो - News site from Nepal

पर्वत- गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज संजाल पर्वतको आयोजनामा कुश्मा लोकतान्त्रिक चोकमा नेपाल सरकार गृह मन्त्रालय द्वारा संघ संस्था ऐनको मस्यौदा २०८२ ल्याएकोमा सो मस्यौदा संघसंस्था मैत्री नरहेको भन्दै “पश्चगामि ऐन खारेज गर ।

नागरिक संघ संस्था मैत्री एकीकृत सामाजिक विकास ऐन जारि गर” भन्ने मुल नाराका साथ पश्चगामि ऐन जलाएर विरोध कार्यक्रम सम्पन्न गरिएको छ । विरोध कार्यक्रममा नागरिक समाज संजाल पर्वतका संयोजक माया अधिकरिले यो मस्यौदा नागरिक समाज तथा नागरिक संघ संस्थहरुलाई कमजोर वनाउने र नियन्त्रण गर्ने खालको रहेको हुँदा कुनै पनि हालतमा मान्य नहुने वताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्ण प्रसाद शर्माले संघ संस्था मैत्री सामाजिक विकस ऐन संघ संस्थाहरुको पारदर्शिता, नियमन र सवलिकरणका लागि आवश्यकता रहेकोमा यसको विपरित गृह मन्त्रालयले एकतर्फि रुपमा सरोकारवालाहरु सँग समन्वय नगरि संविधानले प्रद्त्त गरेको स्वतन्त्र रूपमा संघ संस्था खोल्ने मौलिक अधिकार हनन हुने गरि नागरिक समाजलाई सबल वनाउने भन्दा संकुचन गर्ने र लोकतन्त्रको खिल्लि उडाउने खालको मस्यौदा प्रति खेद व्यक्त गर्नु भयो । साथै यसअघि प्रेस विज्ञप्ति प्रकाशन गरिएको र मस्यौदा संशोधन, वा खारेजि नभए सम्म आगामि दिनहरुमा अझै शसक्त रुपमा विरोध कार्यक्रमहरु संचालन गरिने वताउनु भयो ।

बिरोध कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण सापकोटा, मानव अधिकार संगठनका जिल्ला अध्यक्ष एवं नागरिक समाज संजालका नि.संयोजक माधव पौडेल,गैसस महासंघ नेपालका पुर्व सदस्य एवं अपाङ्ग उत्थान समाजका जगन्नाथ शर्मा, गैसस महासंघ नेपाल शाखाका नि.अध्यक्ष रमेश प्रसाद रिजाल, भुमि अधिकार मञ्च केन्द्रीय सदस्य निर्मल नेपाली, महिला रक्षक संजाल गण्डकी प्रदेश संयोजक सरिता भण्डारि, नेत्रहहिन गण्डकी प्रदेश सदस्य हरिदत्त शर्मा वरिष्ठ पत्रकार गणेश पौडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं शाखाका सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन शाखाका सचिव वलिनारायण रेग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!