संघ संस्था ऐनको मस्यौदा सच्याउन जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षण पत्र - News site from Nepal

पर्वत- गृहमन्त्रालयले हालै ल्याएको संघ संस्था ऐनको मस्यौदा सच्याउन , जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय ध्यानाकर्षण पत्र पेश गरिएको छ ।

गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संञ्जाल को नेतृत्वमा गृह मन्त्रालय द्वारा प्रकाशन गरिएको संघ संस्था ऐन २०८२ को मस्यौदा प्रति गम्भीर ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा पेश गरिएको छ ।

गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखाका अध्यक्ष कृष्ण प्रसाद शर्माले ध्यानाकर्षण पत्र प्रस्तुत गरि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद रिमाल लाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल सरकार गृह मन्त्रालय द्वारा संघ संस्था ऐनको मस्यौदा २०८२ ल्याएकोमा सो मस्यौदा संघसंस्था मैत्री नरहेको ,मस्यौदा नागरिक समाज तथा नागरिक संघ संस्थहरुलाई कमजोर वनाउने र नियन्त्रण गर्ने खालको रहेको गैसस महासंघको जनाएको छ ।

सोही विषयलाई लिएर गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज संजाल पर्वतले चरणबद्ध आन्दोनका गर्दै आएका छन् ।
कार्यक्रममा नागरिक समाज सञ्जालका संयोजक माया अधिकारी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य शिव प्रसाद शर्मा, गण्डकी प्रदेशका उप सचिव रमेश प्रसाद रिजाल, नेपाल मानव अधिकार संगठनका जिल्ला अध्यक्ष माधव पौडेल, नेपाल मानव अधिकार एलाएन्सका जिल्ला अध्यक्ष आषिश पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष सन्तोष थापा, नेपाल महिला मानव रक्षक सजालका जिल्ला अध्यक्ष सीता देवकोटा, दलित गैसस नेटवर्कका अध्यक्ष निर्मल नेपाली लगायत गैसस महासंघ नेपाल जिल्ला शाखाका पदाधिकारि, सदस्य एवं नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको गैसस महासंघ पर्वतका सचिव वलिनारायण रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!