जनताको मुहारमा खुसी ल्याउन एमालेलाई जिताउनुहोस् ः एमाले उम्मेदवार - News site from Nepal

पर्वत- नेकपा एमाले पर्वतका उम्मेदवारहरुको चुनावी कार्यक्रम आइतवार पर्वतको विहादी गाउँपालिका स्थित रानीपानी र वहाकीमा सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार मित्रलाल बस्याल सहित एमाले नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा रानीपानी र वहाकीका विभिन्न बस्तीमा पुगेर घरदैलो र कोणसभा गरिएको हो । रानीपानीका कुमालगाउँ, माझिवस्ती, पस्यार, इमिचौर, तथा वहाकीका लिङसिङ, वहाकीठाँटी लगायतका ठाउँमा कोणसभा र घरदैलो गरिएको हो ।
सो अवसरमा मतदातालाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले तीनै तहका सरकारमा एमालेले बिजयी भएमा यो मुलुकको विकास र समृद्धि सम्भव हुने बताउँदै त्यसको उदाहरण विगत पाँच वर्षको कार्यकाललाई हेर्न आग्रह गर्नुभयो । कालीगण्डकी करिडोर, चिसापानी-वहाँकीठाटी-खहरेखोला सडक कालोपत्रेदेखि शिक्षा क्षेत्रका पूर्वाधार, गाउँपालिकाको प्रशासकिय भवन, खानेपानी विस्तार लगायतका सयौ योजनाहरु सम्पन्न गर्न सफल भएको बताउँदै केहि अधुरा रहेका योजनाहरु पुनः मंसिरमा निर्वाचित भएपछि सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।


मुलुकको भविष्य निर्माण गर्ने पार्टी नेकपा एमालेमात्र भएको बताउँदै गिरीले पाँच दलिय गठवन्धन मुलुकका लागि अभिसाप भएको बताउनुभयो । उहाले यस पटक पनि पर्वतमा फराकिलो मतान्तरले एमाले बिजयी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले सुखि नेपाली समृद्ध नेपालको योजनालाई साकार पार्नका लागि नेकपा एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो ।
एमाले जनताको पार्टी भएकाले अन्य दलहरुको भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । बस्यालले आफु बिजयी भएपछि गणस्तरीय विकास निर्माण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानीको विस्तार र स्वरोजगारमुखि कार्यक्रमलाई जोड दिने समेत बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, प्रदेश कमिटि सदस्य कमल भुसाल, सामानुपातीक सांसदका उम्मेदवार केशकुमारी दमिनि लगायतले बोल्नुभएको थियो । पार्टीको कार्यक्रम जहाँ जहाँ छ त्यहाँ उत्साहजनक सहभागिता देखिने गरेको एमाले चुना प्रचार प्रसार समितिका संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेश क का उम्मेदवार भक्त कुँवरको चुनावी अभियान मोदीका बिभिन्न बस्तीमा जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!