कांग्रेस अधिवेशन : फलेवासमा मतदान सकियो, गणना-प्रक्रिया सुरु - News site from Nepal

 रामचन्द्र भुसाल फलेवास। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर चलिरहेको पालिका तहको अधिवेशनसँगै पर्वतको फलेवास नगरपालिकामा पनि नगर कार्यसमिति चयनका लागि आज मतदान सम्पन्न भएको छ।
नगर सभापति पदमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि चार जना आकांक्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपरेको उम्मेदवारहरूले बताएका छन्। फलेवास नगर सभापति पदका लागि धनबहादुर थापा ‘राजु’, तोरण शर्मा, ओम गौडेल र रघुनाथ गौडेलबीच चुनावी प्रतिस्पर्धा भएको हो। चार जनाले सभापति पदमा दाबी गरेपछि सहमतिबाट नेतृत्व चयन गर्न नसकिएको उनीहरूको भनाइ छ।
फलेवास नगरपालिकामा कुल ३४४ मतदाता रहेकोमा ३२६ मत खसेको मतदान अधिकृत लिलाधर गौडेलले जानकारी दिएका छन्। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी अघि बढाइएको छ। सभापतिका उम्मेदवार **धनबहादुर थापा ‘राजु’**का अनुसार अबको करिब दुई घण्टाभित्र मतगणना सम्पन्न गरी नगर सभापतिको टुंगो लाग्ने अपेक्षा गरिएको छ। ने
पाली कांग्रेसको महाधिवेशनअन्तर्गत देशभर पालिका तहमा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ। विभिन्न स्थानीय तहमा सहमति र निर्वाचन दुवै प्रक्रियामार्फत नेतृत्व चयन भइरहेको छ। फलेवासमा भने सहमति जुट्न नसकेपछि चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धाले स्थानीय तहमा कांग्रेसको आगामी सांगठनिक नेतृत्वप्रति चासो बढाएको छ। अब मतगणनाबाट आउने परिणामले फलेवास नगर कांग्रेसको आगामी नेतृत्व तय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!