काँग्रेस केन्द्रीय सदस्य जोशी कुश्मा–४ बाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन - News site from Nepal

पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न कुश्मा नगरपालिका–४ को वडा अधिवेशनबाट जोशी निर्विरोध रूपमा क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । वडा अधिवेशनले प्रकाश कर्माचार्यको सभापतित्वमा नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको हो । निर्वाचन अधिकृत प्रकाश शर्माका अनुसार कुश्मा–४ बाट अर्जुनप्रसाद जोशीसहित ३२ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
शर्माले पर्वत जिल्लाका ६१ वटै वडामा वडा अधिवेशन भव्य र सफल रूपमा सम्पन्न भएको जानकारी दिँदै अब महाधिवेशन अन्तर्गतका आगामी तहका निर्वाचनका लागि नामावली संकलनको कार्य सुरु गरिएको बताए । उनका अनुसार नेपाली काँग्रेसको कार्यतालिका अनुसार असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!