पर्वत १७ कात्तिक : नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेस पर्वतको सभापतिमा यामबहादुर मल्ल रामकृष्ण निर्विरोध निर्वाचित हुनुभएको छ ।
पार्टीको कुश्मामा सम्पन्न १५ औँ. जिल्ला तथा प्रदेश क्षेत्रीय अधिवेशनवाट मल्ल निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी उपसभापतिमा कृष्ण गौडेल र लक्ष्मीकुमारी मेघासी प्रसाई, सचिबमा पानबहादुर हाल सन्तोष सहसचिबमा भिमबहादुर अधिकारी रहनुभएको छ । त्यसैगरी कोषााध्यक्ष र सदस्य सहित २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । यसैगरी महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिको केहि दिनमा टुंगो लाग्ने सभापति मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार आकांक्षीहरुको संख्या धेरै भएकाले सहमतिमै टुंगो लगाउने तयारी भैरहेको छ ।
यसैगरी क्षेत्र क को सभापतिमा याम शर्मा पौडेल तथा क्षेत्र ख को सभापतिमा गुप्तप्रताप सेन सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
सभापतिमा निर्वाचित मल्लले नेपाली काँग्रेसलाई विधानसम्मत अघि बढाउनका लागि नियमित महाधिवेशन आवश्यक रहेको बताउँदै सोहि अनुसार जिल्लामा अधिवेशन गरी सर्वसम्मत नेतृत्व चयन गरिएको बताउनुभयो । उहाँले आफु १४ औँ. महाधिवेशनमा समेत प्रतिस्पर्धि बनेर झिनो मतले पराजित भएको बताउँदै पार्टीको हितका लागि अहिले पुन नेतृत्व सम्हानुपर्ने अवस्था आएको बताउनुभयो । मल्लले अहिले पार्टीभित्रको आन्तरिक समस्याका कारण दुई खेमामा विभाजित हुनुपरे पनि अदालतको फैसलापछि एकढिक्का भएर अघि बढ्ने विश्वास गर्नुभएको छ ।
१४औँ महाधिवेशनवाट निर्वाचित सभापतिलेनै १५ औ महाधिवेशन गर्ने परिपार्टीलाई उल्लंघन गर्दै नयाँ समुहले विशेष र जिल्ला, प्रदेश टुंगो नलगाई महाधिवेशनको नाटक मञ्चन गरेको भन्दै यसलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत अयोग्य ठहराउने उहाँको भनाई छ । उहाँले विधिसम्मत निर्वाचित भएको सभापतिलाईनै सर्वोच्चले आधिकारीकता दिने बताउँदै सवै काँङ्ग्रेसीहरु यतै आएर गोलबन्द हुन समेत आव्हान गर्नुभएको छ ।
मल्लले ६१ वटै वडा र सातवटै पालिकामा सर्वसम्मत अधिवेशन सकिएको बताउँदै जिल्ला, क्षेत्रमा अपुर्ण सदस्यहरु तत्काल मनोनित गरिनुका साथै महाधिवेशन प्रतिनिधिको टुंगो समेत छिटै लगाईने दावी गर्नुभयो ।
काँग्रेस नियमित पक्षधर पर्वतको अधिवेशन केन्द्रीय प्रवक्ता तथा पुर्व मन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा कात्तिक १४ गते सम्पन्न भएको हो ।






