काठमाडौँ, – नेपाली कांग्रेसका युवा नेता सागर परियार यसपटकको अधिवेशनमा केन्द्रीय सदस्य मा सिङ्गो दलित समुदायको प्रतिनिधित्व गर्दै उमेदवार बन्ने भएका छन् ।
बागलुङ जिल्ला बाट राजनैतिक यात्रा शुरु गरेका परियार नेपाली काङ्ग्रेस बागलुङको कार्यसमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि परियार विद्यार्थी राजनीतिदेखि पार्टी संगठन र सामाजिक न्यायको अभियानसम्म निरन्तर सक्रिय रहँदै आएका छन्।
२०६२ सालको ऐतिहासिक जनआन्दोलनको अगुवाइ समेत गरेका स्थानीय सेरोफेरोबाट राजनीतिक यात्रा सुरु गरेका परियार अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा अगाडि आएका छन्।
विद्यार्थी राजनीतिबाट सांगठनिक नेतृत्व
सानै उमेरदेखि राजनीतिमा सक्रिय परियारले २०६५ सालमा इकाइ अध्यक्षको जिम्मेवारी सम्हाल्दै सांगठनिक नेतृत्वको अनुभव हासिल गरेका थिए। त्यसपछि पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका म्यानेजमेन्ट क्याम्पसहरूको संयोजकको जिम्मेवारी सम्हाल्दै विद्यार्थी हकहित, शैक्षिक सुधार तथा युवालाई लोकतान्त्रिक आन्दोलनमा जोड्ने अभियानमा सक्रिय रहे।
उनको विद्यार्थी राजनीतिको यात्रा २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि थप उचाइमा पुग्यो। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष बन्ने एकमात्र दलित नेता रहेको दाबी गरिएको छ। त्यसपछि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा समेत उनले युवालाई पार्टी र सामाजिक रूपान्तरणको अभियानमा जोड्ने काम गरे।
सामाजिक न्यायको अभियानमा सक्रिय नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै महासचिवको जिम्मेवारीसमेत सम्हालेका परियार सामाजिक न्याय, समानता र उत्पीडित समुदायका विद्यार्थीहरूको अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। उनको राजनीतिक सक्रियताको एउटा महत्वपूर्ण पक्ष दलित समुदायको अधिकार र समावेशी प्रतिनिधित्वको सवाललाई संगठन तथा राजनीतिक बहसमा स्थापित गर्नु रहेको छ।
जिल्ला राजनीतिदेखि केन्द्रीय नेतृत्वको यात्रासम्म निरन्तर
केन्द्र तथा भ्रातृ संस्थामा कुशलतापुर्वक नेतृत्व समालेका र प्राप्त अनुभवलाई स्थानीय तहको संगठन निर्माण र जनसेवामा जोड्दै २०६७ सालमा नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य बने। २०७२ सालमा महाधिवेशन प्रतिनिधि बनेका उनी पुनः महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।
लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, पार्टी संगठन विस्तार तथा युवालाई राजनीतिमा आकर्षित गर्ने अभियानमा आफूलाई सक्रिय राख्दै आएका परियार अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्।
२०६२ सालदेखि निरन्तर राजनीतिक यात्रामा रहेका परियारको गतिविधि विद्यार्थी राजनीति, युवा नेतृत्व, सामाजिक न्याय, समावेशी प्रतिनिधित्व र पार्टी संगठन निर्माणसँग जोडिएको देखिन्छ। बागलुङबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिने तहसम्म पुगेको छ।
यसैबीच हामिसङ्ग कुरा गर्दै उहाँले देशैभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाइ काठमाडौमा सप्पन्न हुन गइरहेको १५औं अधिबेशनमा आफुलाइ केन्द्रीय सदस्यमा बिजयी गराउनका लागि अपिल समेत गरेका छन ।






