पर्वत- नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुने जिल्लाका अध्यक्षहरूलाई सम्मानित गरेको छ ।
मंगलवार राजधानीमा आयोजित एक समरोह बीच नेकपा एमाले पर्वत र जिल्ला अध्यक्ष राजु पौडेल सम्मानित हुनुभएको हो । ७७ जिल्लामध्ये एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका सबै सीट जित्न सफल भएका जिल्लामा अर्घाखाँची,धनकुटा र पर्वत छन् । पुस ५ गतेको अवसर पारेर एमालेले आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष ओलीले पर्वतका अध्यक्ष राजु पौडेल हित तीन वटै जिल्ला अध्यक्षलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल,पर्वतका राजु पौडेल र धनकुटाका इन्द्रमणी पराजुली सम्मानित हुनुभएको थियो । प्रतिनिधि सभा र प्रदेश सभाका तीन सिटमा नेकपा एमालेले बाजी मारेको हो । पर्वतवाट प्रतिनिधि सभामा पदम गिरी र प्रदेश सभा क मा भक्त कुवर तथा ख मा मित्रलाल बस्याल बिजयी हुनुभएको थियो । धौलागिरि अञ्चलमै पर्वत जिल्लामा मात्र एमाले बिजयी भएको थियो ।
त्यस्तै संसदीय इतिहासमै पहिलो पटक चुनावी जित निकाल्न सफल भएको सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलालाई पनि सम्मानित गरिएको थियो ।






