पहिरोले हुवास–वालीङ सडक अवरुद्ध, यात्रुलाई सास्ती  - News site from Nepal
पहिरोले हुवास–वालीङ सडक अवरुद्ध, यात्रुलाई सास्ती 
पर्वत, ३० असार : लगातारको वर्षासँगै सडक माथिवाट आएको पहिरोले दक्षिण पर्वतका तीन पालिकालाई स्याङ्जाको वालिङसँग जोड्ने हुवास–वालिङ सडक अवरुद्ध बनेको छ ।
सोमवार रातीदेखि हुवास–वालिङ सडक खण्ड अन्तर्गत पर्वतको सिमानामा पर्ने वालिङ नगरपालिका वडा नं. १४ डुम्रेभन्ज्याङमा माथिको भिरबाट खसेको ठुलो पहिरोले सडक ठप्प बनेको हो ।
निरन्तर वर्षा भैरहेकाले पहिरो झर्ने क्रम नरोकिँदा बाटो खुलाउन असहज भैरहेको छ । सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिएको भएपनि लामो समय लाग्ने इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक सुदिप भण्डारीले जानकारी दिनुभयो । यस अघि सोमवार बिहानदेखि अवरुद्ध बनेको सडक दिउँसो सुचारु भएको थियो ।
ठुलो भुभाग समेटेर पहिरो गएकाले सडक खुलाउन दिनभर जस्तो लाग्ने पैंयू गाउँपालिका वडा नं. ५ का अध्यक्ष निर्भिकनारायण भुर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणाधिन सडक भएकाले सामान्य वर्षा हुने वित्तिकै पहिरो झर्ने समस्या देखिएको छ ।
सडक अवरुद्ध हुँदा पर्वतको पैंयू गाउँपालिका, विहादी र महाशिला गाउँपालिकाका विभिन्न वडावाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधन चिसापानीमा र अन्यत्रवाट पर्वततर्फ आएका सवारी वालिङमा अलपत्र बनेका छन् । यो सडक हुँदै बुटवल, पाल्पा, पोखरा, काठमाण्डौं, नारायणगढकाका साथै लामो तथा छोटो दुरी र मालबहाक गाडी चल्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!