चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने - News site from Nepal

काठमाडौँ –  स्वदेशमा दोस्रो सातामा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र पारिएको छ।
साइप्रस र माल्दिभ्समा सफल प्रदर्शन भइसकेको यो चलचित्र आगामी अक्टोबर ११ तारिख (आइतबार) हङकङमा प्रदर्शन हुन लागेको हो। फोटो पत्रकार आश गुरुङका अनुसार हङकङ प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
हङकङको जोर्डन, कौलुनस्थित नाथन रोडमा रहेको ‘एभरेस्ट रेस्टुरेन्ट एन्ड बार’ मा साँझ ६:०० बजेदेखि डिनर (रात्रिभोज) सहितको विशेष ‘हङकङ प्रिमियर शो’ आयोजना गरिएको छ। नयाँ निर्माताद्वय जस्मिन श्रेष्ठ र पूजा गुरुङको पहिलो निर्माण प्रयास रहेको यस चलचित्रले सुरुवाती चुनौती र बजारका बाधा-अड्चनका बाबजुद आफ्नै मौलिक कथा, संवेदनशीलता र इमानदार प्रयासका कारण देश-विदेशमा दर्शकको अपार माया पाइरहेको छ।
ओम प्रतीकको निर्देशन तथा प्रमोद दीप र सुजाता थापाको मुख्य अभिनय रहेको ‘हली’ प्रति स्थानीय समुदाय, विद्यार्थी तथा आम दर्शकको बढ्दो आकर्षणले फिल्मको लगानी सुरक्षित हुनुका साथै नयाँ पुस्ताका निर्माताहरूका लागि ठूलो प्रेरणा मिलेको छ।
यसअघि साइप्रस र माल्दिभ्समा यसको सफल प्रदर्शन भइसकेको छ भने बेलायत मा पनि प्रदर्शनको मिति तय भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!