काठमाडाैं – अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी संसद्बाट अघि बढाउने पक्षमा छ भने गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने अडानमा छन् ।
ती दुई दलले बिहीबारको गठबन्धन बैठकमा पनि अडान कायम राखेपछि सरकारको नेतृत्व गरेको दल कांग्रेस विकल्पको खोजीमा अघि बढेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको संवादलाई पनि तीव्रता दिएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।






