पर्वत, २७ जेठ । पर्वतको फलेवास नगरपालिका वडा नं. ५ निवासी ५२ बर्षिया महिला सन्तु नेपाली भन्ने सोमकुमारी नेपालीको हत्या अभियोगका अभियुक्त तीन सातापछि पक्राउ परेका छन् ।
फलेवास नगरपालिका वडा नं. ५ कै २८ वर्षिय कुशल पुरी मंगलवार पक्राउ परेका हुन् । पुरीले गत जेठ सात गते राती दुई बजेको समयमा घरमा सुतिरहेकी नेपालीलाई कोदालो प्रहार गरेर हत्या गरेका थिए । हत्या गरि मृतकले लगाएको दशओटा सुनका मुन्द्रा र एक थान सिक्री लुटपाट गरेको पाईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो । पक्राउ परेलगत्तै बुधवार जिल्ला प्रहरी कार्यालय पर्वतले अभियुक्त पुरीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
गत जेठ आठ गते विहान ७ :४५ बजे आफ्नै घरकोठामा सोमकुमारी नेपाली मृत भेटिएको भन्ने सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले तीन साता लामो अनुसन्धानपछि मात्र दोषी पत्ता लगाएको हो । जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्राविधिक टोलीले आधुनिक तथा वैज्ञानिक विधि र प्रविधको प्रयोग गरी अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा निज कुशल पुरीका गतविधिहरु संकास्पद देखिएको र उनि अचानक सम्पर्क बिहीन भएकोले खोजतलासको क्रममा पर्वतको मोदी गउाँपालिका वडा नं. ५ पातीचौर स्थित होटल प्रिन्सामा लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पक्राउ पछि अभियुक्त पुरीले कोदालो प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।
पुरा बिबरण यो भिडियो लिंकमा
पुरा बिबरण यो भिडियो लिंकमा
https://www.facebook.com/reel/980187658195132
https://www.facebook.com/share/v/1CHnGFdE3o/






