भेटेरिनरी अस्पताल पर्वतको प्रगति ८७ प्रतिशत : गण्डकीमै उत्कृष्ट - News site from Nepal

पर्वत, ११ साउन : भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८२/८३ मा पशु स्वास्थ्य, उत्पादन वृद्धि तथा व्यावसायिक पशुपालन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ८७.८३ प्रतिशत भारित र ८५.९५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ भने सञ्चालन गरिएका ४२ कार्यक्रममध्ये ४१ कार्यक्रमको ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । यो प्रगति गण्डकी प्रदेशका ११ वटै जिल्ला मध्ये उत्कृष्ट रहेको छ ।
हालै पोखरामा सम्पन्न मन्त्रालयको बार्षिक प्रगति समिक्षामा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका ११ वटै जिल्ला कार्यालयले गरेको प्रस्तुतीमा पर्वत अब्बल देखिएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वतमा गत आर्थिक वर्षमा बजेट बिनीयोजन भएका सत्‌प्रतिशत कार्यक्रम पुर्ण रुपमा सप्म्न्न भएका छन् । पर्वत जिल्लाका ३६ हजार एक ३७ घरधुरीमध्ये २३ हजार दुई सय १७ परिवार अर्थात् ६४.२५ प्रतिशत घरधुरी पशुपालन व्यवसायमा आबद्ध रहेका छन् । जिल्लामा दूध र मासुको उत्पादन आवश्यकताभन्दा बढी रहेको भए पनि अण्डा उत्पादनमा सामान्य कमी रहेको छ ।

कार्यालयवाठ गत आर्थिक वर्षभर सम्पादन गरिएका यी कार्यक्रमले जिल्लामा महामारीजन्य पशुरोग नियन्त्रणका साथै कृषकहरुलाई ब्यावसायिक बनाउँदै पशु पालन मार्फत जिल्लामा आर्थि समृद्धि हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याएको कार्यालय प्रमुख श्रेष्ठको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!