पर्वतको फर्सेमा पहिरोले मोटरसाईकल पुरिँदा चालक गम्भिर घाईते - News site from Nepal
पर्वत ८ साउन :  पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित मालढुङ्गा–बेनी सडकखण्डमा शुक्रबार दिउँसो सडक माथिवाट खसेको पहिरोले पुरिएर मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दिउँसो करिब साढे तीन बजे मालढुङ्गाबाट बेनीतर्फ जाँदै गरेको लु ४१ प २१५७ नम्बरको मोटरसाइकल माथि करिब ७०–८० मिटर उचाइबाट खेत भत्किएर पहिरो खसेको थियो ।
पहिरोमा पुरिएर पर्वतको जलजला गाउँपालिका–४ लामाखेत निवासी ४१ वर्षीय लालबहादुर सुबेदी गम्भीर घाइते हुनुभएको छ । उहाँको शरीरमा भित्री चोट लागेको प्रहरीले जनाएको छ । घाइते सुबेदीलाई प्रदेश अस्पताल म्याग्दी लगेर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो ।
पहिरोले अबरुद्ध बनेको मालढुंगा–बेनी सडक भने एकतर्फी सुचारु गरिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!