कुश्मा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा - News site from Nepal
कुश्मा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

पर्वत, २८ जेठ : पर्वतको कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

कुश्मा नगरपालिकाको आयोजनामा बिहीवार भएको एक कार्यक्रममा कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो । जन्मेदेखी ५९ महिना भित्रका एक हजार चार सय ७ जना वालवालिका लाई राष्ट्रिय खोप तालिका अनुसार सवै मात्रा लगाइएको सुनिश्चित गर्दै पुर्ण खोप सुनिस्चित गरिएको हो ।

नगरप्रमुख रामचन्द्र जोशीले पुर्ण खोप सुनिश्चित सम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै नगरलाई पुर्ण खोप सुनिश्चित घोषणाले नगरका वालवालिका रोगबाट जोगिने अपेक्षा रहेको बताउनुभयो ।

घोषणाले मात्रै सबै कुराको प्राप्ती नहुने बताउदै जोशीले आगामी दिनमा जन्मिने सवै वालवालिका लाई खोप लगाउन अभिभावकले ध्यान दिन अनुरोध गर्नुभयो । नेपालको संविधान बाट नै आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएकोले लक्षित वर्ग लाई खोपको सुनिश्चित गर्न जरुरी रहेको जोशीले बताउनुभयो ।

उपप्रमुख स्वस्थानी रिजालले खोप जिवनकै महत्वपुर्ण विषय रहेको उल्लेख गर्नुभयो । कोभिडको त्रास लाई खोपका कारण समाधान गर्न सकिएको भन्दै उहाँले वालवालिका लाई लगाउने खोपले पनि सुरक्षा प्रदान गर्ने बताउनुभयो । खोप सुनिश्चितताको लागि स्वास्थ्यकर्मीको भुमिकाको प्रसंशा गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत किरण पौडेल, सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी र नगरपालिकाका प्रवक्ता लालकृष्ण बास्तोलालले वालवालिकाले खोप पाउनुपर्ने नैसर्गिक अधिकार रहेको हुनाले वालवालिका लाई खोजिखोजी खोप लगाउन सचेत गराउनुभयो ।

सो अवसरमा पुर्ण खोप सुनिश्चितता घोषणा अभियानमा खटिएका स्वास्थ्यकर्मी र वडा खोप समन्वय समितिका अध्यक्ष एवं वडाध्यक्षलाई सम्मानपत्रले सम्मान गरिएको थियो । कुश्मा नगरपालिकाका १४ वटा वडाका ३६ वटा खोप केन्द्र र ३८ वटा खोप सेसनबाट प्रत्येक महिना खोप सेवा प्रदान गरिदै आएको नगर स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!