पर्वत, ५ साउन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ बन्जि साईड स्थित खोलेको डिलबाट हाम फालेका युवा मृत अवस्थामा भेटिएका छन् ।
सोमवार राती ९ बजेको समयमा हाम फालेका बागलुङ नगरपालिका वडा नं. १४ घर भई कुश्मा नगरपालिका वडा नं. ५ मा डेरा गरी बस्ने ३१ वर्षिय युवा दिपेन्द्र हरीजन मृत अवस्थामा भेटिएका हुन् ।
कालीगण्डकी नदि स्थित जलकेनीको भिरको झण्डी दुई सय मिटर तल खोचमा अड्किएका उनलाई शसस्त्र प्रहरी बल २५ नम्वर चण्डिका गणका शसस्त्र प्रहरी नायब उपरिक्षक चुनाराज थापा र जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिनेश पौडेलको कमाण्डमा खटिएको टोलीले फेला पारी भिरवाट निकालेको हो ।
तालिमप्राप्त सशस्त्र प्रहरीहरुले ड्रोन क्यामेराको सहायताले खोजी गरि डोरी लगायत विभिन्न उपकरणको सहायताले सडकमा निकालिएको हो । प्रहरीले उद्धारका लागि गएरातीनै पहल गरेको भएपनि प्रतिकुल मौसम र अप्ठ्यारो स्थल भएकाले सम्भव नभएको सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो ।
शव उद्धार गरी पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरायसी कलहका कारण उनले भिरवाट हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।






