पर्वत- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत वर्ष आर्थिक वर्षमा रु. ७५ लाख राजस्व संकलन गरेको छ । १२ महिनामा ट्राफिक नियमको उल्लंघन गरेका ८ हजार सवारी साधनमाथि गरिएको कारबाहीबाट ७५ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व उठेको हो ।
अघिल्लो वर्ष १० हजार ८ सय ३७ सवारीमाथि कारबाही गरी १ करोड १३ लाख रुपैयाँ संकलन भएको थियो । कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ३३.५८ प्रतिशतले कम जरिवाना जम्मा भएको बताए ।
आर्थिक सबैभन्दा बढी भदौ महिनामा ८ सय ५० सवारी कारबाहीमा पर्दा ८ लाख २८ हजार रुपैयाँ जरिवाना गरिएको थियो । भदौमा १ सय ८ ट्रक/टिपरबाट ९२ हजार ५ सय, ४४ वटा बसबाट ३७ हजार ५ सय, ३ सय ८८ कार/जिपबाट ३ लाख ७७ हजार, ४८ वटा ट्र्याक्टरबाट ३७ हजार, २ सय ६१ मोटरसाइकलबाट २ लाख ८३ हजार ५ सय र अन्य सवारीबाट ५ सय रुपैयाँ उठेको छ ।
आर्थिक वर्षको पहिलो महिना साउनमा ७ सय ११ सवारीमाथि भएको कारबाहीबाट ६ लाख ७२ हजार ५ सय संकलन भएको थियो । असोजमा ६३ ट्रक/टिपरबाट ५६ हजार, ३१ वटा बसबाट १९ हजार ५ सय, २ सय ५७ कार/जिपबाट २ लाख ६४ हजार ५ सय, ३२ वटा ट्र्याक्टरबाट २५ हजार ५ सय, १ सय ४८ मोटरसाइकलबाट १ लाख ६० हजार ५ सय तथा अन्य १ सवारीबाट १ हजार रुपैयाँ राजस्व उठेको छ ।
कात्तिकमा ६५ ट्रक/टिपरबाट ५५ हजार, २९ वटा बसबाट २२ हजार ५ सय, २ सय ४८ कार/जिपबाट २ लाख ५१ हजार ५ सय, १७ वटा ट्र्याक्टरबाट १४ हजार, १ सय ५२ मोटरसाइकलबाट १ लाख ६१ हजार ५ सय तथा अन्य ३ सवारीबाट २ हजार रुपैयाँ जरिवाना उठेको छ । मंसिरमा ६ लाख ४३ हजार ५ सय रुपैयाँ जरिवाना उठेको थियो भने पुसमा १ लाख ७८ हजार राजस्व संकलन भएको छ ।
माघ महिनामा ८४ वटा ट्रक/टिपरबाट ६५ हजार ५ सय, ३६ वटा बसबाट २५ हजार, २ सय ७५ कार/जिपबाट २ लाख ६६ हजार, २३ वटा ट्र्याक्टरबाट १५ हजार ५ सय, १ सय ५८ मोटरसाइकलबाट १ लाख ५० हजार ५ सय तथा अन्य ४ सवारीबाट २ हजार संकलन भयो । फागुन महिनामा ६८ वटा ट्रक/टिपरबाट ५५ हजार ५ सय, २८ वटा बसबाट १९ हजार, २ सय ६७ कार/जिपबाट २ लाख ५५ हजार ५ सय, २४ वटा ट्र्याक्टरबाट १८ हजार ५ सय, १ सय ४२ मोटरसाइकलबाट १ लाख ३९ हजार ५ सय जरिवाना जम्मा भयो ।
चैत महिनामा ८४ वटा ट्रक/टिपरबाट ६८ हजार ५ सय, ३७ वटा बसबाट २४ हजार, २ सय ९० कार/जिपबाट २ लाख ७५ हजार ५ सय, ३१ वटा ट्र्याक्टरबाट २१ हजार ५ सय, १ सय ४१ मोटरसाइकलबाट १ लाख ४२ हजार ५ सय तथा अन्य ५ सवारीबाट २ हजार ५ सय रुपैयाँ राजस्व उठेको छ । वैशाख महिनामा १ सय ५ वटा ट्रक/टिपरबाट ८८ हजार, ६३ वटा बसबाट ४८ हजार, ३ सय ९६ कार/जिपबाट ३ लाख ७१ हजार, ४८ वटा ट्र्याक्टरबाट ३३ हजार ५ सय, २ सय २० मोटरसाइकलबाट २ लाख १६ हजार तथा अन्य १० सवारीबाट ७ हजार रुपैयाँ जरिवाना उठेको छ ।
जेठ महिनामा ९५ वटा ट्रक/टिपरबाट ७८ हजार ५ सय, ४६ वटा बसबाट ३८ हजार, ३ सय ५० कार/जिपबाट ३ लाख ५१ हजार ५ सय, ३४ वटा ट्र्याक्टरबाट २७ हजार, २ सय ३२ मोटरसाइकलबाट २ लाख ३४ हजार ५ सय तथा अन्य १० सवारीबाट ५ हजार ५ सय उठेको छ । आर्थिक वर्षको अन्तिम महिना असारमा ६ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।






