पर्वतको जलजला २ मा एमालेको प्यानल नै विजयी - News site from Nepal
पर्वतको जलजला २ मा एमालेको प्यानल नै विजयी

जलजला – नेकपा एमालेले जलजला २ मल्लाजमा पनि जित हासिल गरेको छ । एमालेका उम्मेदवार प्रकाश जिसी भारी मतन्तरका साथ विजयी हुनुभएको हो । शनिबार साँझ सम्पन्न वडाको मतगणना अनुसार वडा अध्यक्षका उम्मेदवार जिसीले ६४५ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोविन्द खत्रीले ४०२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी महिला सदस्य जुना केसी,दलित महिला सदस्य शान्ति नेपाली,खुल्ला सदस्य कुलबहादुर विक र सुमन नेपालीलाई विजयी हुनुभएको छ ।
त्यसैगरी नेकपा एमाले पालिका अध्यक्षमा ७८८,उपाध्यक्षमा ७२५ र गठबन्धनले अध्यक्षमा २७८ र उपाध्यक्षमा २९१ मत प्राप्त गर्नुभएको छ ।

आजै सम्पन्न वडा नम्बर १ को मतगणनामा एमाले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!