पर्वत- राजनीतिमा एक पछि अर्को सफलता चुम्दै जाने व्यक्तिको नाम हो बिमल लामिछाने । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपालकै सवैभन्दा कान्छा वडाअध्यक्ष बनेर चर्चामा आउनुभएका लामिछाने अहिले उहाँ आवद्ध दल नेकपा एमालेमा पनि छलाङ्ग मार्नुभएको छ । सोमवार सम्पन्न नेकपा एमालेको नबौ जिल्ला अधिवेशनमा उहाँ सर्वसम्मत रुपमा उपसचिब पदमा बिजयी हुनुभएको हो ।
मोदी गाउँपालिका-६ तिलाहारका लामिछाने सोहि वडाको वडा अध्यक्ष समेत हुनुहुन्छ । तत्कालीन बेला उहाँ नेपालकै कान्छा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०४७ सालमा जन्मिनुभएका लामिछाने २६ वर्षको उमेरमै वडा नं. ६ को अध्यक्ष बन्नुभएको थियो । भने ३१ वर्षको उमेरमा पार्टीको जिल्ला उपसचिब ।
पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर सम्पन्न गरिसक्नुभएका लामिछाने सानै उमेरदेखि एमालेको दरिलो कार्यकर्ताको रुपमा भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
जोस र जाँगर भएको युवाले पार्टीमा र जिल्लामा केही परिवर्तन गर्न सक्छ भन्ने ठानेरै अहिले उपसचिब पदमा उहाँलाई रोजिएको छ । जिल्ला उपसचिबमा प्रतिस्पर्धि नभएर भने हैन धेरै नेताहरुले उक्त पदमा आकांक्षा राखेका थिए तर अध्यक्ष मण्डलले उहाँलाई सर्वसम्मत उपसचिब घोषणा गरेको हो । यो खबर आज बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
उहाँ यस अघि नेकपा एमाले पर्वतको सचिबालय सदस्य भैसक्नुभएको थियो भने अहिले एमालेनिकट युवा संघ नेपालका केन्द्रीय सचिबालय सदस्य समेत हुनुहुन्छ । लामिछाने जिल्ला युवा परिषद् पर्वतको पूर्व अध्यक्षको रुपमा समेत काम गरिसक्नुभएको छ ।
आफूले सानैदेखि नेकपा एमालेमा आवद्ध भएर जिल्लामा विभिन्न कामका लागि गरेको योगदानको कदर भएकाले पार्टीले समेत उच्च मुल्यांकन गरेको भन्दै निकै उत्साहित बनेको उहाँले बताउनुभयो । यो खबर आज बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
युवाको क्षमता तथा नेतृत्व विकास, जिल्लाको समग्र भौतिक पूर्वाधारको विकास निर्माण र व्यक्तित्व विकासमा निरन्तर लागिरहने उहाँले अठोट गर्नुभएको छ । आगामी तीनै तहका निर्वाचनमा नेकपा एमालेलाई जिल्लाको पहिलो शक्ति बनाउनका लागि सम्पुणर् युवाहरुलाई एमालेमा आवद्ध गरेर अघि बढ्ने उहाँको कार्ययोजना रहेको छ । अब कोहिपनि युवाहरु नेतृत्वविहीन हुनुपर्ने अवस्था आउन दिनेछैन उहाँले भन्नुभयो, ‘नेकपा एमाले सम्पुणर् युवाहरुका साथमा छ भन्ने ग्यारेण्टी दिलाउनेगरी काम गर्नेछु ।’
‘जुन हिसाबले पार्टी र नेता कार्यकर्ताले आफुलाई विश्वास मानेर उपसचिब पदमा विजयी गराए, त्यही हिसाबले मेरो दिनप्रतिदिन सक्रियता बढ्दै जानेछ,’ उहाँले भन्नुभयो ।
लामिछानेले वडा अध्यक्ष हुँदा पनि वडा सँगै समग्र पालिकाको विकासका लागि नमुना काम गर्दै आउनुभएको छ । तिलाहारमा रहेका विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न, स्वास्थ्य सेवाको पहुँच सबै नागरिकलाई पुर्याउन, साबिकका सबै वडा तथा टोलमा पक्की सडक पुर्याउन तथा स्थानीयस्तरका कृषि, पशुपालन, माछापालन, तरकारी खेतीलगायतका सम्भावनाको खोजी गरी सहुलियतमा ऋण तथा तालिम प्रदान गर्ने कार्यमा उहाँ लागिरहनुभएको छ । यो खबर आज बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
एमाले पर्वतको नबौ अधिवेशनवाट अध्यक्षमा राजु पौडेल, उपाध्यक्षमा पदमपाणी शर्मा, सचिबमा गोविन्द पहाडी र उपसचिबमा लामिछाने सहित शिव पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तै ९० सदस्यीय जिल्ला कमिटिनै सर्वसम्मत बनाईएको हो ।






