निर्वाचनको तयारीमा जुट्यो आयोग - News site from Nepal
निर्वाचनको तयारीमा जुट्यो आयोग

काठमाडाैं  – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन आयोग पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले औपचारिक रूपमै तयारी सुरु गरेको जानकारी दिए।

उनले निर्वाचनसँग सम्बन्धित ५५ वटा क्रियाकलाप समेटिएको निर्वाचन कार्यक्रम छिट्टै आयोगले स्वीकृत गर्ने बताए ।

उनले भने, “बाहिरबाट नियाल्दा निर्वाचन एक दिनको काम हो तर साह्रै जटिल विषय हो, तोकिएको समयमै जटिल व्यवस्थापकीय कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग पूर्ण रूपमा सक्षम छ ।”

कानुनबमोजिम निर्वाचनका लागि १२० दिन आवश्यक पर्ने भए पनि आयोगसमक्ष भने अब ९४ दिन मात्रै उपलब्ध छन् । प्रमुख आयुक्त थपलियाले भने, “मङ्गलबारदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु हुन्छ ।” नामावली सङ्कलन तथा दर्ता कार्य भने मङ्गलबारदेखि स्थगित हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!