होम आइसोलेसनमा बस्ने संक्रमित उच्च जोखिममा - News site from Nepal
होम आइसोलेसनमा बस्ने संक्रमित उच्च जोखिममा

काठमाडौं – कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।
रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने र त्यस्तो अवस्थामा जोखिम बढ्ने उनीहरूको अनुभव छ ।
लक्षणविहीन अवस्था, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति मात्र होम आइसोलेसनमा बस्न सुझाव दिँदै गम्भीर खालका लक्षण भएका सङ्क्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका कारण जटिल समस्या सिर्जना भई अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिए ।

उनले भने, ‘सङ्क्रमितहरू होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता हो तर लक्षण देखिएपछि समयमै चिकित्सकसँग परामर्श लिने तथा जाँच गराउनु पर्छ । सङ्क्रमित गम्भीर अवस्थामा पुगेपछि उपचार गर्न हामीलाई पनि गाह्रो हुन्छ ।’ गम्भीर खालका लक्षण भएका सङ्क्रमित होम आइसोलेसनमा बस्दा समस्या जटिल हुने र समयमै उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्न सक्ने डा. पुनले स्पष्ट पारे । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!