‘जिल्ला र प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्नू’ - News site from Nepal
‘जिल्ला र प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्नू’

काठमाडौं : नेकपा एमालेले जिल्ला र प्रदेशको अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिएको छ। शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्न निर्देशन दिएको हो। सर्वसम्मत हुन नसकेमा मात्रै निर्वाचनको विधि अवलम्बन गर्ने बताइएको छ। वडा तथा पालिकास्तरको अधिवेशन पनि एकै दिन भएका थिए।

अधिवेशनसँगै पार्टी प्रवेश र संगठन विस्तार अभियान चलाउन पनि आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। माघ/फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन गर्ने उनको भनाइ छ। एमालेमा धेरै जनसंगठनको महाधिवेशन हुन सकेको छैन। राष्ट्रिय महाधिवेशनले पार्टीको जनाधार अक्षुण र सुदृढ रहेको पुष्टि गरेको अन्तरपार्टी निर्देशनमा छ।

संगठनात्मक ‘ट्रेन्ड सेट’
एमालेले विचारमा जस्तै संगठनात्मक प्रश्नमा पनि ‘ट्रेन्ड सेट’ गरेको दाबी गरेको छ। नीति निर्माण र नेतृत्व निर्माणका लागि अलगअलग महाधिवेशनको व्यवस्था, एकैदिन एकैसाथ स्थानीय तहका अधिवेशनको आयोजना, आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा एमालेले दृष्टान्त स्थापित गर्नुलाई ट्रेन्ड सेट भनेको छ। प्रचार विधि, खर्चलगायतका विषयमा व्यवस्थापकीय क्षमता परिस्कृत बनेको अपानीमा उल्लेख छ।

एमाले महाधिवेशनमा केही कमजोरी पनि भएको महसुस गरेको छ। अपानीमार्फत कामजोरीलाई सुधार गर्दै प्रभावकारी ढंगले गर्ने उल्लेख गरेको छ। विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबीच समयको अन्तर पनि बढाउनुपर्ने अनुभव भएको अपानीमा उल्लेख छ। निर्वाचन प्रक्रिया सुरु भइसकेपछि निर्वाचन आयोगसँगको भूमिका र उससँगको समन्वय बढाउनु पर्ने आवश्यकताको महसुस पनि गरिएको छ।

मनोनयन कस्तो ?
एमालेले ४४ जनालाई मनोनयन गरेर ३ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। दोस्रो केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव पोखरेलले विधानको व्यवस्था अनुरूप १० प्रतिशत सदस्य केन्द्रीय कमिटीमा मनोनयन गरेको जानकारी दिए। जसमा खुलातर्फ २० जना, एकता र एकीकरणको प्रक्रियाअन्र्तत ९ र १५ जना महिला मनोनीत भएका छन्।

यो बैठकले ४५ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो गठनसहित वरीयताक्रम पनि निर्धारण गरेको छ। बैठकमा प्रस्तुत गरिएको वरीयताक्रममा केही असहमति भएपछि अपानीमार्फत सच्याइएको छ। सचिवमा क्रमश : टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुविर महासेठ, पद्माकुमारी अर्याललाई वरीयताक्रम राखिएको छ। यसअघि रघुविर महासेठ र छविलाल विश्वकर्माभन्दा तल विष्ट र भट्टराईलाई राखिएको थियो।

विष्ट र भट्टराई ९ महासचिवबाटै निर्वाचित सचिव हुन् भने महासेठ र विश्वकर्मा नयाँ सचिव हुन्। यो जिम्मवारीमा असन्तुष्टि भएपछि फेरबदल गरिएको हो। अन्नपुर्णबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!