सबै सेवाका कर्मचारीलाई साउन १ गतेबाट वृद्धि भएको तलब दिने - News site from Nepal
सबै सेवाका कर्मचारीलाई साउन १ गतेबाट वृद्धि भएको तलब दिने

काठमाडौं –  सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको उनले बताए ।

परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु घनश्याम लम्साल, सुशील भट्टराई, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

नेपाल कृषि तथा बन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिस अनुसार साउन २४ को सिफारिस अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!