पूर्ण खोप लगाउनेमा प्रतिरोधात्मक क्षमता बढी - News site from Nepal
पूर्ण खोप लगाउनेमा प्रतिरोधात्मक क्षमता बढी

काठमाडौं – नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ । गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन गरी शरीरमा एन्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो ।

अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना संकलन गरिएको थियो । अध्ययनले खोप नलगाएका ४३.९ प्रतिशतमा एन्टिबडी बनेको र खोप लगाएका ६५ प्रतिशतमा एन्टिबडी बनेको औंल्याएको छ । खोप लिएको दोस्रो महिनासम्ममा एन्टिबडीको तह ८२.३३ प्रतिशत रहेको पाइएको छ भने चौथो महिनामा एन्टिबडीको मात्रा घट्दै गएर ४३ प्रतिशतमा पुगेको छ ।

त्यसैगरी अध्ययनले एक वा बढी दीर्घरोग भएकाहरूमा पनि एन्टिबडीको मात्रा फरक रहेको औंल्याएको छ । एक मात्र दीर्घरोग भएकाहरूमा ७८ प्रतिशत, दुईवटा दीर्घरोग भएकाहरूमा ७१.६९ प्रतिशत र तीनभन्दा बढी दीर्घरोग भएकाहरूमा ४२ प्रतिशत पाइएको थियो ।

खोप नलिएका र कोरोना पहिचान नभएका ४६ प्रतिशतमा एन्टिबडी बनेको पाइएकाले नेपालमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको अध्ययनको निष्कर्ष छ । नेपालमा प्रयोग भएका दुई मुख्य खोपहरू भेरोसेल र कोभिसिल्डमा एन्टिबडीको मात्रा ६३.७ प्रतिशत थियो भने भेरोसेल लिएकाहरूमा ७२.४ प्रतिशत थियो ।

भेरोसेल खोप लिनेबित्तिकै र कोभिसिल्ड खोप लिएको दुई महिना बितिसकेपछि एन्टिबडीको मात्रा हेरिएकाले कोभिसिल्ड लिनेहरूमा मात्रा घट्दै गएको पाइएको हो । दुवै खोप एउटै अवधिमा दिएको खण्डमा एन्टिबडी दुवैमा करिब उस्तै तहको प्रभावकारिता देखिने अध्ययनको सुझाव छ ।
लिने बित्तिकै नमुना संकलन भएका कारण भेरोसेलमा एन्टिबडीको मात्रा अध्ययनमा अधिकांश सहभागी ६० वर्षमाथिका पहिलो कोभिसिल्ड लगाएका ८५ प्रतिशत थिए भने भेरोसेल खोप लिएका १४.५९ प्रतिशत थिए ।

अध्ययनले खोप लिएको ६० दिनपछि शरीरमा एन्टिबडीको मात्रा घट्देै गएको देखिएकाले दोस्रो डोज खोप लिएको १४ देखि २१ दिनपछि पुन एन्टिबडीको मात्रा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको सुझाएको छ । त्यसैगरी खोप लिएको दुई महिनापछि शरीरमा एन्टिबडीको मात्रा घट्दै गएको हुनाले बुस्टर डोजको आवश्यकतासम्बन्धी थप अध्ययन गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।

प्रभावित क्षेत्रको पानीमा दिसामा पाइने कीटाणु कपिलवस्तुमा केही दिनदेखि फैलिएको झाडापखालका नमुनाहरूमा दिसामा पाइने कीटाणु भेटिएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । परीक्षण भएका केही नमुनामा कोलिफर्म र इकोलाई नामका जीवाणु भेटिएको र थप अध्ययन जारी रहेको महाशाखाले जनाएको छ ।

कपिलवस्तुको कृष्णनगरपालिकाका तीन, चार, सात, आठ, नौ र १२ वडामा झाडापखाला फैलिएको थियो । अध्ययनका क्रममा प्रभावित क्षेत्रको खानेपानीको स्रोत पाइप फुटेर पानी दूषित बनेपछि झाडापखाला फैलिएको पाइएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!