पर्वतलाई चिनाउन अर्को गीत ल्याए कस्तुप पन्तले (पर्वतेले शेयर गरौ -भिडियो सहित) - News site from Nepal

 पर्वत- गायक तथा सर्जक कस्तुप पन्तले पर्वत जिल्लालाई चिनाउन अर्को सांगेतिक कोसेली ल्याएर आएका छन । पर्वतको फलेवास नगरपालिका लिमिठानामा जन्मेका कलाकार पन्तले हाम्रो पर्वत नामको सांगेतिक कोसेली लिएर आएका हुन ।

आफ्नो अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरेको हाम्रो पर्वत गीतमा शब्द, संगीत र स्वर पन्तको रहेको छ । सारथी म्युजिकले बजारमा ल्याएको उक्त गीतमा पर्वत जिल्लाका पर्यटकीय स्थलहरुको वर्णन गरिएको छ । आफू जन्मिएको ठाउँ स्वर्ग भन्दा पनि प्यारो लाग्ने भन्दै कलाकार पन्तले उक्त गीत बजारमा ल्याएको बताएका छन ।

लोक गायनको क्षेत्रबाट सांगेतिक क्षेत्रमा सक्रिय कलाकार पन्त पछिल्लो समय राजधानीमा संगीत उत्पादनको क्षेत्रमा ब्यस्त छन । लोक गायनसंगै आधुनिक गायनको क्षेत्रमा समेत ख्याती कमाएका पन्तले पर्वत जिल्लाका मुख्य मुख्य विशेषताहरु झल्कने गरी शब्द सृजना गरेका छन ।

हेरौ भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!