पर्वत– नेपाली काँग्रेस पर्वतको जिल्ला भेला भई विभिन्न निर्णय भएको छ । जिल्ला कार्यसमितिको आयोजनामा भएको भेलाले पार्टिको जिल्ला र क्षेत्रीय समिति समायोजन गरेको छ ।
सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको हिजोको भेलाले बिगतमा रहेको प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई समायोजन गरेको छ । बिगत १३ औँ महाधिबेशनमा नेपाली काँग्रेसको पार्टि संरचना क्षेत्र नम्बर १ र २ भन्ने थियो । त्यसलाई समायोजन गरि गण्डकी प्रदेश प्रतिनिधी सभा निर्वाचन क्षेत्र प्रदेश क र ख को रुपमा समायोजन गरिएको पार्टिले जनाएको छ । संघिय संरचनाले राज्यको पुनसंरचना गरेपछि नेपाली काँग्रेसले पर्वतमा क्षेत्रीय र जिल्ला समितिको समायोजन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टि नयाँ संरचनामा समायोजन भएपछि चौधो महाधिबेशन सम्म पुग्दा एक ढिक्का भएर जाने बताउनुभयो । पार्टिको संरचना बलियो बनाउन र जनताको विश्वासीलो पार्टि बनाउन सबैले आ आफ्नो ठाउँबाट रचनात्मक काम गर्नुपर्ने बताउनुभयो । जोशीले पर्वतमा जुझारु र क्रियाशिल नेता र कार्यकर्ता रहेको बताउँदै पार्टिलाई जीवन्त तुल्याउन कुनै समस्या नरहेको दाबी गर्नुभयो ।
जिल्ला सभापति खिमप्रसाद भुसालले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा रहेको एकता आगामी दिनमा अभैm भवनात्मक र बलियो हुने बताउनुभयो । सभापति भुसालले आगामी भदौ २४ गते १०६ औँ विपी स्मृति दिवसको अवसरमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु हुन लागेकाले कार्यक्रममा सक्रिय सहभागी हुन आग्रह गर्नुभयो । नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन समितिका केन्द्रिय प्रतिनिधी हरिनारायण रेग्मीले अन्तरिम व्यवस्थापनको बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य कुलप्रसाद पाध्याले गर्नुभएको थियो ।






