फलेवासका युवा अभियन्ता पौडेल रास्वपामा प्रवेश - News site from Nepal
फलेवासका युवा अभियन्ता पौडेल रास्वपामा प्रवेश

पर्वत– वैदेशिक रोजगारबाट फर्केपछि सामाजिक सेवा र विभिन्न बेथिति, विकृतिका बिरुद्ध आबाज ठाउँदै आएका पर्वत युवा सञ्जालका सचिव मदन पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
फलेवास नगरपालिका–६ निवासी पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको संघारमा पार्टी प्रवेश गरेका हुन् । सामाजिक अभियान, युवा नेतृत्व तथा जिल्लाका समसामयिक मुद्दामा आवाज उठाउँदै आएका युवा पौडेलले रास्वपा प्रवेशसँगै स्थानीय स्तरमा युवाको राजनीतिक सहभागिता र सक्रियता बढाउनका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
पौडेलले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकता दिँदै रास्वपामार्फत समाज परिवर्तनको अभियानमा थप सक्रिय हुने बताए ।
पौडेलले सामाजमा सुशासन कायम गर्न, भ्रष्टाचार, बेतिथि अन्त्य गर्ने कार्य रास्वपा बाट सम्भव देखेरे यता लागेको उनले बताए ।
पौडेल यस अघि नेकपा एमालेमा आवद्ध थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!