रास्वपाको केन्द्रीय सदस्य पदमा सन्तोष रेग्मीको उम्मेदवारी - News site from Nepal

पर्वत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष रेग्मीले पार्टीको केन्द्रीय सदस्य पदका लागि गण्डकी भूगोलबाट उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी सार्वजनिक गर्दै रेग्मीले युवा नेतृत्व, सुशासन र समृद्ध नेपालको लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ‘विचारमा स्पष्ट, काममा प्रतिबद्धता’ तथा ‘अबको नेतृत्व युवा, अबको देश समृद्ध’ भन्ने नारालाई आफ्नो अभियानको मुख्य आधार बनाएका छन्।

रास्वपाले संगठन विस्तार तथा पार्टीलाई थप सुदृढ बनाउने उद्देश्यसहित विभिन्न तहमा नेतृत्व चयन प्रक्रिया अगाडि बढाइरहेको छ। सोही क्रममा गण्डकी भूगोलबाट केन्द्रीय सदस्य पदका लागि रेग्मीले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

रेग्मीले पार्टीको सिद्धान्त, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभ्यासलाई थप मजबुत बनाउन आफू सक्रिय रहने बताएका छन्। पर्वतबाट अन्य नेताहरूले समेत विभिन्न पदमा उम्मेदवारी दिएका छन्।

रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा असार ७ गतेदेखि सुरु भएको छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले देशभरका नेता तथा कार्यकर्ताको चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!