रास्वपा पर्वतका सभापति तिमिल्सिना पार्टीबाट निस्कासित  - News site from Nepal
रास्वपा पर्वतका सभापति तिमिल्सिना पार्टीबाट निस्कासित 
पर्वत, १० वैशाख  : राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका सभापति रुद्रप्रसाद तिमिल्सिनालाई पार्टीको सभापति लगायत सवै जिम्मेवारीबाट निस्कासन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको वैशाख १ गते होटल बन्दनामा सम्पन्न जिल्ला भेला तथा समिक्षा वैठकले पार्टीको विधान र आचरण विपरित कार्य गरेको भन्दै सम्पुर्ण जिम्मेवारीवाट मुक्त गर्ने निर्णय गरेको हो । सभापति तिमिल्सिनाकै अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा पार्टी जिल्ला सचिब तथा निर्वाचित सांसद सागर भुसालको समेत सहभागिता रहेको थियो । निर्वाचन समिक्षाका क्रममा सभापति तिमिल्सिना आफ्‌नो उम्मेदवारलाई हराउनका लागि विपक्षि दलका उम्मदवारहरुसँग साँठगाँठ गरेको आरोप लगाएका थिए । यस अघि गत पुस ३० गते पार्टीको गण्डकी प्रदेशको बैठकले तिमिल्सिनालाई  परेको उजुरीका आधारमा पार्टीवाट निस्कासत गर्न केन्द्रीय अनुशासन आयोगमा पत्राचार गरिसकेको थियो ।
रास्वपा पर्वतका सचिब तथा सांसद सागर भुसालले समिक्षा बैठकमा सभापतिको बारेमा गम्भिर छलफल भएको र निर्वाचनका बेला उहाँले पार्टी हित विपरित कार्य गरेकोप्रति भेलामा सहभागि सवैजना आक्रोशित बनेको जानकारी दिनुभयो । आफु हतार भएका कारण बैठक पुस्तिकाको निर्णयमा हस्ताक्षर नगरि निस्केको बताउँदै भुसालले कारबाही सिफारीस गरिएकोबारे अनविज्ञता देखाउनुभएको छ ।
भुसालले निर्वाचनमा सभापतिवाट आफुलाई भयङ्कर असहयोग भएको खुलासा समेत गर्नुभयो । पर्वतवासी सवैले मत दिएर बिजयी भए, अब मलाई सानोतिनो विषयमा कुराकानी गर्नु र कसैलाई कारबाही गर्नु त छैन, तर सभापति तिमिल्सिनाले त असहयोग गर्नुभएकै हो भुसालले भन्नुभयो । उहाँलाई छलफलमा सहभागि हुन आएकाहरुले कालोमोसो लगाउने तयारी गरेको र आफुहरुले जोगाएको समेत भुसालले बताउनुभयो ।
तर बैठक पुस्तिकाको प्रस्ताव नं. २ मा भनिएको छ ‘सभापतिलाई यसै सभावाट पदिय जिम्मेवारीबाट निस्कासन सम्वन्धमा ।’ र निर्णयमा भनिएको छ प्रस्ताव नं. २ उपर छलफल गर्दा सभापति तिमिल्सिनालाई यस अघि पनि पदीय आचरण, नैतिक आचारणमा प्रश्न उठी महिला (पिडित), पार्टीका जिम्मेवार व्यक्तिहरु लगायतले लिखित निवेदन सहित हरेक भेलामा आवाज उठी मिति २०८२ पुस ३० गते गण्डकी प्रदेश समितिले समेत निर्णय गरी केन्द्रीय अनुशासन आयोगमा पत्रचार गरिसकेको र उहाँले निर्वाचनका बखत आफ्‌नै उम्मेदवार हराउन लागेको ुहँदा यसै भेलाबाट पदिय जिम्मेवारीवाट निस्कासन गरी सो सिफारीस विधान बमोजिम हुनेगरी प्रदेश र केन्द्रमा पेश गर्दछौ । अर्को निर्णय नभएसम्म पार्टीको जिम्मेवारी उपभासपतिलाई  दिने । भन्ने उल्लेख गरिएको छ ।
निस्कासन गरिएको भनिएका रास्वपा सभापति तिमिल्सिनाले भने समिक्षा बैठक पछि सांसदमा निर्वाचन सागर भुसाल लगायत केहि बिचार नमिल्ने सार्थीहरुले नियतवस माईन्यूट कब्जा गरी पछि निर्णय थपेर आन्तरिक कुरा बाहिर ल्याएको दावी गर्नुभयो । निर्णयमा गरिएका हस्ताक्षर समेत कृते रहेको उहाँको आरोप छ । उहाँले आफुलाई कसैले कारबाही नगरेको, पार्टीवाट कुनैपनि उजुरी र स्पष्टिकरण नसोधिएको बताउँदै अहिलेपनि आफुनै सभापति रहेको दावी गर्नुभयो । पार्टीभित्र मौलाएको गुटबन्दीका कारण आफुलाई पाखा लगाउनका लागि यस्तो प्रपञ्च रचिएको तिमिल्सिनाले बताउनुभयो । ‘आफुलाई प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिनका लागि उवेलानै विभिन्न आरोप लगाईएको थियो, टिकट नपाएपनि सागर भुसाललाई जिताउन दिनरात खटेर लागेको हूँ’ उक्त निर्णयप्रति मेरो गम्भीर आपत्ति छ ।–तिमिल्सिनाले भन्नुभयो । सभापति फाल्ने केहि उपाय नलागेपछि अधिवेशनको मुखमा नेतृत्व हत्याउन यस्तो गरिएको उहाँको भनाई छ ।
पार्टीका केहि नेताले सभापति तिमल्सिनाले निर्वाचनको उम्मेदवारी दर्ताकै दिन राती अन्य पार्टीका उम्मेदवारहरुसँग भेटेर खानपिन, तथा निर्वाचनमा उनिहरुलाई सहयोग गर्ने विषयमा सहमति गरेको आरोप समेत लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!