पर्वत – राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासिय माबी कुश्माको नवनिर्मित भवनको उदघाटन गरिएको छ । बिधालयले आज आफ्नो नयाँ स्थानमा निर्मित भवनको उदघाटन संगै बिद्यार्थी लाई पुरस्कार बितरण, जग्गादाता लाई सम्मान सहित विविध सान्स्कृतिक कार्यक्रम पनि सम्पन्न गरेको छ ।
कुश्मा नगरपालिका ५ बाट कुश्मा नगरपालिका ६ मा स्थानान्तरण भै निर्माण गरिएको बिधालयको भवन कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उदघाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै नगरप्रमुख जोशीले शैक्षिक क्षेत्रको विकासले देशको विकास गर्ने भएकाले शिक्षामा राज्यको बढी लगानी हुनुपर्नेमा जोड दिनुभयो । उहाले सामुदायिक र निजि बिधालय एक अर्काका परिपुरक भएर शैक्षिक बिकासमा केन्द्रित हुन सुझाव पनि दिनुभयो । जोशीले गुणस्तरिय शिक्षाका लागि रास्टिय बाल शिक्षा सदनले अथक प्रयास गर्दै आएकोमा खुशी ब्यक्त गर्नुभयो । जोशिले कुश्मामा रहेका बिधालयहरुको बिचमा रास्टिय बाल शिक्षा सदन बिधालयको उन्नती बाड्दो मात्रामा रहेको उक्त अवसरमा बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बिस्णुप्रसाद तिवारी,कुश्मा नगरपालिका २ खुर्कोटका वडाध्यक्ष लालकृस्ण बास्तोला, फलेवास ४ का वडाध्यक्ष अच्युत तिवारी, बिधालय शेयर सदस्य सावित्री श्रेस्ठ लगायतले बोल्नुभएको थियो । बिधालयले कक्षा नर्सरी देखि १० सम्मका कक्षागत उत्कृष्ट बिद्यार्थी लाई पुरस्कार बितरण गरेको छ । जग्गादाता पबित्रा पौडेल, बिधालयका ६ जना दिर्घसेवी शिक्षक, दुइजना नयाँ शेयर सदस्य लाई सम्मान गरेको छ ।
कार्यक्रममा शिक्षक र बिधार्थिको तर्फबाट नृत्य प्रस्तुत भएको थियो । बिधालयका प्रिन्सिपल थानेश्वर ढकालले बार्सिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभयो भने बिधालय लाई हर तरहले सहयोग गर्ने शुभेक्छुक, शेयर सदस्य, अभिभावक तथा सरकार लाई धन्यबाद ब्यक्त गर्नुभयो ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यबाद मन्तब्य सन्चालक समितिका कोसाध्यक्ष तिलकराम शर्मा, स्वागत सन्चालकको तर्फबाट चक्रपाणी शर्मा र शिक्षकको तर्फबाट नेत्र पौडेलले गर्नुभयो । सन्चालन सहायक प्रिन्सिपल प्रकाश आचार्यले गर्नुभएको थियो ।






