एमाले कुश्मा नगर कमिटिको अध्यक्षमा श्रेष्ठ निर्विरोध - News site from Nepal
एमाले कुश्मा नगर कमिटिको अध्यक्षमा श्रेष्ठ निर्विरोध

पर्वत- नेकपा एमाले कुश्मा नगरपालिकाको अध्यक्ष पदमा मिनप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
शुक्रवार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । अरु कसैको पनि अध्यक्ष पदमा उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ । उहाँ यस अघि नगर कमिटिको सचिब रहनुभएको थियो । औपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।
त्यसैगरी उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । भने सचिबमा १ पदका लागि गणेश पौडेल र सुवासचन्द्र पौडेलको उम्मेदवारी परेको छ । त्यसैगरी उपसचिब दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । सदस्यहरुमा भने सर्वसम्मतको पहल भैरहेको छ । पदाधिकारीमा उम्मेदवारी हालेकाहरुबीच सहमति गराएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भैरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!