पर्वतका ६१ वटै वडामा भोली नेकपा एमालेको वडा अधिवेशन हुँदै, वडाहरुमा चहलपहल बढ्दै - News site from Nepal

पर्वत-  नेकपा एमालेले देशभरका करीव ६ हजार वडामा भोली एकैपटक पहिलो अधिवेशन आयोजना गर्दै छ ।
जस अनुसार पर्वतका ६१ वटै वडामा एकैसाथ भोली अधिवेशन आरम्भ हुने भएको छ । अधिवेशनको नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने भएको छ । अध्यक्ष ओलीले केन्द्रीय कार्यालयबाट वडा अधिवेशनहरुको उद्घाटन र शुभकामना मन्तव्य दिनुहुने छ ।
सवै वडामा सकेसम्म सर्वसममत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको र सोहि अनुसार पर्वतमा पनि नेकपा एमालेको सचिबालय वैठकले निर्देशन जारी गरेको नेकपा एमाले पर्वतका उपाध्इक्ष भक्त कुँवरले जानकारी दिनुभयो । सर्वसम्मत हुने ठाउँमा भोलीनै टुंगिने र नहुने ठाउँमा प्रकृया आरम्भ हुने उहाँको भनाई छ । अधिवेशनका लागि सवै वडामा जिल्लावाट प्रतिनिधि खटाईएको छ । राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहका अधिवेशन हुन लागेकाले एमालेले अधिवेशनको संख्या पहिलो भन्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!