आशा गरौं कोरोना विरुद्धको लडाई हामीले जित्ने छौंं - News site from Nepal
आशा गरौं कोरोना विरुद्धको लडाई हामीले जित्ने छौंं

सुरज भुसाल

विश्व जगत यती बेला कोरोना भाइरस (को–भीड १९ ) को महामारी को चपेटामा छ । २०१९ डिसेम्बर देखी चाइना बाट सुरु भई अहिले विश्वका २०० भन्दा बढी देशहरुमा महामारी फैलिसकेको छ र यसले मानव जिवनमा दिनानु दिन शंन्त्रास एवंं डर पैदा भइरहेको छ भने यो स्तम्भ तयार गर्ने बेलासम्म विश्वका झण्डैै ८३ हजार भन्दा बढी मान्छेहरुले यो रोगका कारण जिवन गुमाइ सकेका छन भने झण्डैै १४ लाख भन्दा बढी मानीसहरुमा संक्रमण फैलीसकेको छ र ३ लाख भन्दा बढी मानीसहरु उपचार पश्चात घर फर्की सकेका छन ।

श्री पशुपती नाथको
कृपाले पक्कै पनी यो
कोरोना भाइरस (को–भीड १९ )
को महामारीलाई हामीले जित्ने छौ ।

 

हाम्रो देश नेपाल पनी यो महामारीको चपेटामा परीसकेको कुरा हामी सबैलाई अवगतनै छ र यो महामारीको भुमरीमा ९ जना संक्रमणमा परी १ जना उपचार पश्चात घर फर्की सक्नु भएको छ भने ८ जना उपचार गराइ रहनु भएको छ । आशा गरौं उहाँहरुलाई पनी चाडैै निको हुने छ । यो महामारी नियन्त्रण गर्न नेपाल सरकारले जुन प्रयत्न गरीरहेको छ ति प्रयत्नलाई हामीले आत्मसाथ गरौैं तिनले छिट्टै नयाँ सफलता प्राप्त गर्ने छ भनी कामना गरौं । सरकारले गरेको लकडाउन लाई तपाई हामी सबैले स्विकार गरी साथ दिएर यो संकट को घडीमा साथ आज नभए के भो भोली हुनेछ भनौै जहा जुन अवस्थामा छौ आफन्नो र देशको लागी काम गरौं आज सम्मको अवस्था भन्दा माथीका अप्रिय खबर देख्न र सुन्न नपरोस हामी सबै मिली हातेमालो गरौं हामीले खोजेको महामारी मुक्त र सुरक्षीत संसारको पदपुर्ती हुनेछ र हामी सबै खुसी हुनेछौं ।
श्री पशुपती नाथको कृपाले पक्कै पनी यो कोरोना भाइरस (को–भीड १९ ) को महामारीलाई हामीले जित्ने छौ ।

(भुसाल यस अनलाईन पत्रिकाका स्तम्भकार हुन् )

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!