पर्वत- जिल्लाको मोदी गाउँपालिकाबाट विदेशबाट फर्केका ४ जनाको थ्रोड स्वाब संकलन गरिएको छ । गाउँपालिकाका अनुसार पर्वत अस्पताल र स्वास्थ्य कार्यालयको संयुक्त टोलीले कोरोना परिक्षण कार्यका लागि स्वाब संकलन गरेको हो । गाउँपालिका भित्र रहेका विदेशबाट फर्केकाहरुको स्वाब संकलन कार्य अन्तर्गत पहिलो चरणमा ४ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।
मोदी गाउँपालिकामा चैत महिना लागे पछि विदेशबाट आउनेहरुलाई होम क्वारेन्टाइनमा बस्न यस अघि नै आग्रह गरेको थियो । विदेशबाट फर्केकाहरुमा कोरोनाको कुनै संक्रमणका लक्षणहरु नदेखिए पनि उनीहरुको परिक्षण कार्य गर्ने पर्वत अस्तापलको कार्यक्रम अन्तर्गत उनीहरुको स्वाब संकलन गरिएको हो ।
विदेशबाट फर्केकाहरु कसैमा पनि लक्षणहरु नदेखिएका कारण सरकारी क्वारेन्टाइनमा नराखिएको तर उनीहरुको निरन्तर निगरानी गरिएको गाउँपालिकाका प्रवक्त बिमल लामिछाने बताउँछन । लामिछानको अनुसार वडागत रुपमा तथ्यांक निकालेर उनीहरुको निरन्तर निगरानी भने गरिएको छ ।
यस अघि कुश्मा नगरपलिकाबाट ८ जना, जलजला गाउँपालिकाबाट ९ जना र फलेवास नगरपालिकाबाट ८ जनाको थ्रोड स्वाब संकलन गरीएको छ हालसम्म कुल ३६ जनाको परिक्षण गरिएकोमा २३ जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकीको रिर्पोट आउन बाँकी रहेको छ ।