
माधब पाजुली,पर्वत
पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनाको सुरुङ्ग निर्माणका क्रममा बम विस्फोट गर्दा करिब ६० घरधुरीमा असर पु¥याएको भन्दै स्थानियवासी निकै आक्रोशित बनेका छन् । निर्माणाधिन जलविद्युत आयोजनामा बम विस्फोट गर्दा घरहरु भत्किन थालेको र जमिन चर्कीनुका साथै पानीका मुहान समेत सुक्दै जान थालेको भन्दै स्थानीयबासी चिन्तित बनेका छन् ।
चौधरी ग्रुपले निर्माण गर्दै गरेको आयोजनामा मोदी गाउँपालिका वडा नं. २ मखका घरहरु भूकम्पको झै भत्किन थालेपछि स्थानीबासीले जलविद्युत आयोजना तथा सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको गुनासो समेत गरेका छन् ।
स्थानीय रामकुमारी पोख्रेल, मेघराज ढृुंगाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मिनकुमारी खत्री, माया खत्री, सावित्रि पोख्रेल र रामबहादुर खत्री त्यसैगरी लक्ष्मी बहादुर खत्री, होम शर्मा, भगवती जैसी, राधिका शर्मा, खडानन्द जैसी र गोविन्द जैसीको घरमा समेत क्षती पुगेको र अन्य दर्जनौ घरमा आंशिक क्षती भएको स्थानिय लक्ष्मि चापागाईले बताए ।
स्थानीयबासीले आवास निर्माण वा घरबारको क्षतिपूर्तिको माग गर्दै आएका छन् ।
घरहरु चर्किने र भत्किएका कारण स्थानियवासीहरु अक्रोशित बन्नथालेपछी मोदी गाँउपालिकाले वास्तविकता पत्ता लागउनका लागि भुगर्वविदको टोली ल्याई अनुसन्धान समेत गरेको छ ।
भुर्गव विद अर्जुन भट्टाराईका अनुसार बम बिस्फोटका कारण उत्पन्न कम्पन तथा घर्षणले जलबिधुत आयोजनाको सुरुङ बाट १२ सय मिटर सम्मको दुरीमा असर पुग्न सक्छ । १२ सय मिटर भन्दा परका बस्तीमा समेत असर पर्न गएको देखिएकाले सामान्य कम्पनले पनि पुरानो ढुङ्गा माटोका घरहरुभएका कारण असर गरेको रिपोर्ट प्रस्तुत गरे । प्राय चर्किएका घरहरु भने १२ सय मिटर भनदा बाहिर छन् । भुकम्पले सिथिल पारेको जमिनमा बम बलाष्टिकको सामान्य कम्पनले पनि बस्तीमा क्षेती पुग्न गएको हुन सक्ने जनाए । यद्यपी उनले १२ सय मिटर भन्दा परका बस्ती सुरुङ निर्माणका क्रममा बम विस्फोटका कारणले मात्र चर्किएको हुन नसक्ने जनाए ।
मोदी गाँउपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले जलबिधुत आयोजना,संघिय सरकार र प्रदेश सरकार सँग छलफल गरि वस्तीलाई सुरक्षित स्थानमा सार्ने वा क्षेतीग्रस्त घरहरुलाई क्षेतीपुर्ती दिनेकाम अगाडि बढाउने बताए ।
चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको झण्डै ७० प्रतिशत निर्माणकार्य पुरा भएको छ । २०७१ मंसिर ७ गतेदेखि निर्माण शुरु गरेको आयोजनाले काम तिब्र रुपमा भैरहेको जनाएको छ ।
आयोजनामा कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर २ बेतेनीसम्म द्ई हजार ६९३ मिटरको सुरुङमार्फत् ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत् मोदीखोलामा मिसाउने योजना छ । यो आयोजनबाट उत्पादित विद्युत् चार किलोमिटर लामो प्रसारण लाइनमार्फत् देउपुर–पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ । उक्त प्रसारण लाइन र सबस्टेशन निर्माणको प्रकृया भने भर्खर शुरु भएको छ। आयोजनामा प्राइम बैंकको नेतृत्वमा सातवटा बैंकले लगानी गरेका छन् ।