रामचन्द्र भुसाल
फलेवास- पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँको अर्मनाका पुर्ण प्रसाद सापकोटाले मोति सामुदायिक पुस्तकालयमा रु. २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
मंगलबार एक कार्यक्रमको अवसर सापकोटाले आफ्नो स्वर्गिय श्रीमति गिता शापकोटाको स्मृतिमा उक्त रकम बरावरको कोष स्थापना गर्नुभएको हो । पुस्तकालयको मानार्थ संरक्षक अन्तर्गत सापकोटाले कोष स्थापना गरेको बताउनुभएको छ ।
उक्त कोषको रकमबाट आउने व्याजले पुस्ताकालयको दैनिक प्रशासनिक कार्यमा खर्च गर्न पाउनेगरी समन्वय गरीएको शापकोटाको भनाई रहेको छ । मंगलबार पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, वर्तमान अध्यक्ष कृष्णराज पौडेल, बरीष्ठ लाईब्रेरयिन इन्द्र प्रसाद सापकोटा लगायतको रोहबरमा शापकोटाले चेक हस्तान्तरण गरी स्व. गिता शापकोटा स्मृती अक्षयकोष स्थापना गरेको लाईब्रेरीयन शुसिला देवि शर्माले जानकारी दिनुभएको छ ।
पुस्तकालयका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउने सापकोटा सञ्चालन समितिका सदस्य समेत रहनुभएको छ । समाजका अन्य विभिन्न कामहरुमा पनि अग्रसरता देखाउने उहाँले गरेको यो कार्यको उच्च प्रशंसा गर्दै पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले खुसि प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
समाजसेवी पूर्ण सापकोटाले मंगलबार नै फलेवासको खानिगाउँमा बन्न लागेको इलाका प्रहरी चौकिको जग्गा खरिदको निम्ति सहयोग स्वरुप १० हजार रुपैँया प्रदान गर्नुभएको छ भने खानिगाउँको अर्मनामा रहेको जनाता आधाभूत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने जेहन्दार विद्यार्थी सुजना नेपालीलाई पुस्तकालयका सँस्थापक अध्यक्ष भोलानाथ शर्माद्धारा सौजन्य स्टेशनरीका समग्री र एक थान विद्यालय पोशाक समेत प्रदान गर्नुभएको छ ।
लामो समय सरकारी जागिर खाएर अवकाश हुनुभएका सापकोटा पछिल्लो समय समजका विभिन्न संघसँस्थामा आवद्ध हुँदै लोकप्रियता कमाउन सफल ब्यक्तिको रुपमा चिनन सफल हुनुभएको छ ।






