विहादीको प्रथम अध्यक्ष कपको उपाधि देविस्थानलाई : बढ्दो पलायनदर नरोकेसम्म विकासको अर्थ रहन्न : पुर्व मन्त्री लम्साल - News site from Nepal

पर्वत, २७ वैशाख : पर्वतको विहादी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि फलेवास नगरपालिका वडा नं. ६ देविस्थानले हात पारेको छ ।
शुक्रवार सम्पन्न फाईनल खेलमा कुश्मा नगरपालिका वडा नं. १ पकुवालाई २–१ सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । प्रथम भएसँगै देविस्थानले रु. एक लाख ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
द्धितिय स्थानमा भित्र बुझाएको पकुले रु. एक लाख ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
यसैगरी तृतिय स्थान कुश्मा नगरपालिका वडा नं. १ पाङले जित्न सफल भएको छ । वेस्ट अफ फाईभको खेलमा ३–२ को सेटमा बर्राचौरलाई पछि पार्दै उपाधि जितेको हो । पाङले रु. ७५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । यसैगरी महिला भलिबल तर्फ प्रथम बर्राचौर महिला भलिवल समुह र द्धितिय रानीपानी महिला भलिवल समुहले उपाधि हात पारेका छन् ।
स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने नाराका साथ बिहादी क्षेत्रको विकासका लागि आयोजित प्रतियोगितामा पुरुषतर्फ १६ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट स्पाईकर, अनुशासित खेलाडी लगायतलाई समेत पुरस्कृति गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्वोधन गर्दै संविधानसभा सदस्य तथा पुर्व मन्त्री बिकास लम्सालले खेल क्षेत्र आज नेपालको पहिचान बन्दै गएको बताउनुभयो । खेलकुद स्वास्थ्यको लागि अति महत्वपुर्ण कुरा रहेको बताउँदै खेलाडीहरु उत्पादन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराउनका लागि खेल क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारहरुले आयोजना गर्ने यस्ता प्रतियोगितावाट खेलाडीहरुको प्रतिभा बढ्नुका साथै थप आकर्षण समेत बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


लम्सालले मुलुकमा विकास र समृद्धिको गति बढ्दै गएपनि युवा पलायन हुने दर समेत उत्तिकै मात्रामा बढ्नु दुःखद विषय भएको बताउनुभयो । युवाहरुलाई स्वदेशमै रोजगारी दिनका लागि राज्यले उपादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । विकासका योजनाहरु गाउँ गाउँमा संचालनमा छन् तर गाउँमा बस्ने मानिस छैनन् उहाँले भन्नुभयो, युवालाई स्वदेशमै टिकाउने बातावरण बनाउनुपर्ने अहिलेको प्रमुख चुनौती रहेको छ ।’
पुर्व मन्त्री लम्सालले दक्षिण पर्वतको विकासमा आफु लामो समयदेखि सक्रिय रुपमा लागेको बताउनुभयो । कालीगण्डकी करिडोरदेखि ग्रामीण साना ठुला विकास निर्माणका योजनाहरु ल्याउनका लागि सक्रिय रहँदै आएको बताउँदै नागरिकका आवश्यकता र चाहनाको पहिचान र परिपुर्तिमा लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, नेपाली काँग्रेस पर्वतका पुर्व सभापति खिमप्रसाद भुसाल, नेकपा एमालेका प्रदेश कमिटि सदस्य खोबनाथ ज्ञवाली, निवर्तमान गाउँपालिका अध्यक्ष कमल भुसाल, नेपाली काँग्रेस पर्वतका सहसचिब तिलक भुसाल, माओावादी केन्द्रका पालिका अध्यक्ष रिसिराम भुसाल लगायतले बोल्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष परवीन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत पालिकाका कर्मचारी हिमलाल गिरीले गर्नुभएको थियो । सो अवसरमा विभिन्न समुदायको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!