पर्वत २३ भदौ : पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ न्याउलेका १९ बर्षिय सन्देश परियार भोटेकोशी बाढीमा परि विगत १४ दिनदेखि वेपत्ता भएका छन् ।
केहि वर्षदेखि चितवनमा बस्दै आएका सन्देश स्थानीय व्यावसायीसँग सामान लिनका लागि रसुवा गएको बेला बाढीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अुनसार गाडीमा सहचालकको रुपमा कार्यरत सन्देश सामान लिन चितवनवाट रसुवा पुगेका थिए ।
सोहि समयदेखि सम्पर्कमा नआएको उनका दाजु सन्दिप परियारले जानकारी दिनुभयो । गाडी चालक समेत रहेका साहुँको काठमाण्डौमा उपचार भैरहेको खबर प्राप्त भएपनि आफ्नो भाईको भने अहिलेसम्म कुनै अत्तोपत्तो नभएको सन्दिपले बताउनुभयो ।
कपाल पालेको, गहुँगोरो बर्णको, हातमा चाँदीको जस्तो बाला लगाएको र हातमा सन्देश परियार नामको ट्याटु खोपेको हुलिया रहेको छ । सुरक्षाकर्मी, आफन्तजन सवै मिलेर रसुवादेखि चितवनसम्म खोजी गरेको भएपनि सकुशल वा शव समेत फेला पार्न नसकिएको सन्दिपले जानकारी दिनुभयो ।
फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्वर ९७१४४९२२१० मा सम्पर्क गरिदिनुहुन उनिहरुको अपिल रहेको छ । सन्देश पछिल्लो केहि समय यता चितवनको राप्ती नगरपालिकामा बाबुआमा सँग बस्दै आएका थिए । उनि स्थानीय एक व्यापारीको कपडा पसलमा कार्यरत रहेको बुझिएको छ ।






