पर्वत कारागारका कैदीबन्दिको पहिलोपटक स्वास्थ्य परिक्षण, अधिकांस स्वस्थ्य - News site from Nepal

पर्वत । जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दिहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । पर्वत जिल्ला कारागारमा रहेका ९२ जना कैदी बन्दिको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिला महर्जनले जानकारी दिईन । जसमध्ये ८८ पुरुष र ४ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको हो ।
कारागारमा बन्दि जिवन विताईरहेका कैदी बन्दिहरुको एचआईभी परिक्षण गर्नुका साथै सवै जनाको क्षयरोग र पुर्ण रुपमा स्वास्थ्य परिक्षण गरिएको महर्जनले जानकारी दिईन । उनका अनुसार परिक्षण गरिएका सवै कैदिबन्दीहरुमा एचआईभी नभेटिएको र जटिल खालका बिरामीहरु पनि नभेटिएको महर्जनले बताईन ।
उनले केहि बिरामीहरुमा सुगरको समस्या देखिएको र उनिहरुलाई थप परिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा बोलाईएको छ । कारागारका कैदिबन्दीको जिल्ला अस्पताल पर्वतका चिकित्सकहरुले परिक्षण गरेका थिए ।

परिक्षणका क्रममा सामान्य रुघाखोकी र नियमित औषधी सेवन गर्नुपर्नेहरुलाई औषधी समेत वितरण गरिएको थियो । विभिन्न कसुरमा बन्दी जीवन विताईरहेकाहरुलाई कारागार भित्र रहुन्जेल सम्म स्वस्थ्य राख्ने उद्धेश्यले पहिलोपटक स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
यस अघि आयोजित उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारी, अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सन्तोषी थपलिया लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!